Posted by: Nepal ko chora March 9, 2008
कामना
Login in to Rate this Post:     0       ?        

अन्तिम भाग..

मन का यिनै खुलदुली मेटाउन भनेकै समयमा बेकरी पुगे। मोटरसाइकल अड्याएर भित्र पस्न मात्र के आटेको थिए, कामना पनि टुप्लुक्क आइ पुगिन। "हैन के पर्‍यो त्यस्तो जरुरी कुरा, भेटेरै भन्नु पर्ने?" मेनु हेर्दै मैले सोधे। "हा हा हा, पहिला खाना त अर्डर गरौ, अनी भन्छु" उनका आँखा पनि मेनु मै टासिएका थिए। मेनुमा डुबिरहेका कामना को आँखाको भाव भुझ्ने प्रयास गरे, मैले। भन्छन आँखा भनेको मन को ऐना हो रे। तर ति आँखामा न त कुनै आश्चर्य प्रतिबिम्बित थिए, न त कुनै राज नै। हुन त आँखा ले प्रतिबिम्बित गर्ने हरेक सानातिना कुरा बुझ्न अभ्यस्त मान्छे त हैन म, तर कसै को आँखामा उर्लीरहेको ज्वारभाटाको छाल भने महसुश गर्न भने सक्थे। तर ति आँखामा कुनै बिशेष संकेत न देखेर मेरो कौतुहलता झन बढ्यो, आफ्नो आफ्नो खाना को अर्डर गरी सकेर फेरी अघी कै प्रश्न दोहर्याउन वाध्य भए म। "हिजो तिमीले first salary पाएको भनेको हैन? तेसै ले आज तिमी मलाई treat दिदै छौ। अब फोनमा treat दिन मिल्दैन थ्यो, तेसैले भेटेर भन्छु भनेर नि।" उनको त्यो वाक्य ले मेरो उत्सुकताको बाधलाई भत्कायो। "आफु त के के न भयो होला भनेर सोचेको त उस्लाई त first salary पाको treat पो चाइएको रैछ, दिन भरी करायो दक्षिणा हरायो भन्या यही हो" मनको कुरा मुख बाट भने निस्केन। दिनचर्या अनी यताउता को कुरा गर्दा गर्दै खाने काम पनि सकियो अनी आफ्नो घर तिर लागे। तर कामना ले त्यो दिन देखाएको आत्मियापन भने मलाई अली दोमन बनायो। हुन त मेरा अरु केटी साथीहरु पनि थिए, तर आज सम्म कसैले पनि यसरी हक देखाएर treat त ख्वाउनु परेको थिएन। फेरी अर्को मनमा चाँही आsss.. फेरी कामना अली frank मान्छे, त्यस्तो अन्थ्या केही सोच्नु पर्ने जस्तो लागेन।

समय आफ्नै गती मा बग्दै थियो। हाम्रो जिबन को नदी पनि आफ्नै बेगमा दौडी रहेको थिए। बेला बेलामा दोभान अनी त्रिबेणिहरु मा जम्का भेट हुन्थ्यो, एक छिन भलाकुसारी हुन्थ्यो, अनी फेरी हामी आफ्नै बाटो लागथ्यौ। हामीहरु आफ्नै संसारमा ब्यस्त थियौ, म आफ्नो काम मा, अनी कामना उनकै। कामना ले TOEFL मा राम्रो अंक ल्याइन अनी GRE को तयारीमा लागिन। मैले पनि TOEFL को झमेला जेनतेन गरेर पार लगाए, मेरो पनि राम्रै अंक आयो। यसो हेर्दा हामी दुबै जनाको भबिष्य को बाटो एउटै दिशा तर्फ लम्किरहेको आभास मैले पाएको थिए। आफ्नो उज्ज्वल भोली प्रती चनाखो हामी दुबै को तत्काल को गन्तब्य भनेको further study को लागी बिदेश जानु थियो। शायद त्यही भएर होला, हामी बिच को दुरी बिस्तारै घटाउने प्रयास गर्दै थिए म। भेटघाटको को क्रम निरन्तर चली रहेको थियो। बिज्ञान, राजनिती, साहित्य देखी पढाई, संगीत अनी फिल्म सम्म, हाम्रो कुराकानी हुने बिषय को दायरा निकै ठुलो थियो।

अफिस को कामले १ महिनाको लागी काठमान्डु बाट बाहिर जानु पर्ने भयो। एउटा महत्वपूर्ण प्रोजेक्टको काम रहेछ, अनी त्यस प्रोजेक्ट को सम्पूर्ण जिम्मेबारी मेरो काधमा थियो। एकातिर अफिसले ले म प्रती देखाएको विश्वासले अली कती हौसला बढाएको थियो भने, अर्को तिर कामना सँग १ महिना को लागी छुटिनु पर्दा अली कती नरमाइलो पनि लागेको थियो। कामना सँग एक महिना पछी भेट्ने बाचा गर्दै काजतपत्रको भारी बोकेर गन्तब्य तर्फ लागे। काम को दौड धुप मा एक महिना कती चाडो बित्यो पत्तै भएन।

काठमाण्डु फर्की सकेर कामनालाई फोन गरे। नियमित भलाकुसारी सकाएर फोन राख्न मात्र के लागेको थिए, "भोली अफिस सकाएर तपाईं लाई एक छिन फुर्सद छ? छ भने ५ बजे तिर बानेश्वरको बेकरी क्याफे मा एक चोटी भेटौ न। केही जरुरी कुरा गर्नु थियो।" कामना ले आग्रह गरिन। "ल हुन्छ, see you tomorrow, then" त्यो वार्तालाप टुङ्गियो। कामनाको "जरुरी" कुराले एक पल्ट फेरी मलाई उत्सुक बनायो। एक पल्ट सोचे, के नै होला त्यस्तो भेटेरै भन्नु पर्ने जरुरी कुरा त। क्यालेन्डर पल्टाएर हेरे, उनको जन्मदिन त आइ सकेको थिएन, न त मेरो नै। फेरी अर्को treat दिन लाई मेरो प्रमोसन पनि भै सकेको थिएन। कि त उनको कुकुर मोती को जन्मदिन पो हो भोली? मेरो अनुमान को दायरा त्यती मै सिमित भयो। 

भनेकै समयमा कामना सँग भेट भयो। आज उनको आँखाको भाव अली बेग्लै थियो। ति आँखा ले केही भनी रहेका थिए। तर त्यो आँखा भित्र का binary code लाई decode गर्न मैले सकी रहेको थिइन। खाने कुराको अर्डर गरेर उनको जरुरी कुरा को राज बुझ्न मैले कुरा उक्काए। "रजत, जिबन को यो मोडमा मलाई तिम्रो सानो मद्घत चाहिएको छ। घरमा बिहा को लागि साह्रै कर गरी सक्नु भयो। बाबा-आमा को जिद को अगाडी म कमजोर हुन पुगे। घरमा बिहा को कुरा आएको छ। शायद तिमी केटा लाई चिन्दछौ होला। तिम्रै कलेजमा पढेको रे। तिमी भन्दा २ ब्याच सिनिअर होला। अहिले सम्म मैले केटा लाई भेटी सकेको त छैन। तिमी ले नै त्यो केटा कस्तो हो बुझेर मलाई खबर गर है। त्यस पछी बल्ल म के गर्ने भनेर निर्णय लिन सक्छु होला।" कामना का आँखा खाना को त्यो प्लेटमा गाडीएको थियो भने, औंलाहरु चम्चा सँग मिलेर चाउमिन को त्यो गुजुल्टो फुकाउने प्रयास गर्दै थिए। शायद ति एक महिनामा बागमतीमा धेरै नै पानी बगी सकेछ। "भै हाल्छ नि। एउटा साथी को नाता ले मेरो तर्फ बाट सक्दो सहयोग गर्ने छु। म अरु सँग बुझेर तिमी लाई खबर गर्छु है त।" उनको कुराले मुटु चसक्क पारेको भए पनि केही न भएको जस्तो अभिनय गर्दै मैले भने। खै किन हो, अरु दिन साह्रै मिठो लाग्ने बेकरीको म: म: त्यो दिन मलाई अली खल्लो लाग्यो। थाहै नपाई कुडिएको मन अनी थपिएको एउटा नयाँ काम को बोझ बोकेर घर फर्किए। खाना खान त मन थिएन, तै पनि देखाउनलाई भए पनि एउटा प्लेट समातेर अली कती खाना हालेर बसे। "किन थोरै भात लिएको नि? बाहिरै केही खाएर आएको?" आमाको प्रश्न आयो। "फर्किदा बाटोमा साथीहरु सँग नास्ता खाएको थिए, खासै भोक लागेको छैन" थालको सिता गन्दै जवाफ दिए। खै किन हो आमा सँग आँखा जुधाएर कुरा गर्ने हिम्मत थिएन म सँग। शायद आमाले मेरो अनुहार हेरर नै मन मा मचिएको खलबली को आभाश पाउने डर लागेको थियो मलाई। जसो तसो ३-४ गास टिपेर आफ्नो कोठा तिर लागे। भोली बिहानै अफिस जानु थियो, सुत्न भनेर ओछ्यानमा पल्टे, आँखामा भने निन्द्रा थिएन। मन मा चली  रहेको आधिबेरीको जरो खोतल्न तिर लागे। आज कामना ले उनको बिहा को कुरा गर्दा किन मेरो मन चसक्क भएको? आखिर हामी बिच त्यस्तो के नै थियो र, रार्मो साथी को नाता बाहेक? के म कामना लाई मन पराउन थाली सकेको थिए? के म एकोहोरो प्रेमको भुवरीमा फसी सकेको थिए त? पहिलो भेट देखी त्यो साझको हरेक पलहरु मानसपटलमा चलचित्र झै नाच्न थाले। म बिस्तारै कामना तिर झुक्दै गएको आभास पाए मैले। हो, शायद मैले थाहै नपाई कामना लाई मन पराउन थाली सकेको रहेछु। जुन कुरा मलाई अश्वभाविक पनि लागेन। मेरो सबै भन्दा नजिक कि केटी साथी भनेको कामना नै थिएन त्यती बेला। तर कामना को लागि भने म केवल एउटा राम्रो साथी मात्र रहेछु। त्यो रात भरीको मन को अन्तरद्वन्द अनी बादबिबाद को एउटा निस्कर्ष निस्कियो: "यो भावना भने चिज नै यस्तै रहेछ, अन्धाहरु ले हात्ती छामे जस्तो। जसको हातमा जे पर्‍यो, उसलाई उस्तै लाग्ने।" अब मैले के गर्नु पर्ने होला? अर्को प्रश्न को जवाफ खोज्न बाकी नै थियो। "के मैले कामना लाई मन पराएको कुरा उनलाई भनु त?" एक चोट सोच्न वाध्य भए। "हैन, अब शायद अली ढिला भै सक्यो। उनको जीवनमा अरु कोही आउन लागेको बेला आफ्नु उपस्थिती जनाउनु उचित समय थिएन" मन को एउटा कुना बाट आवाज आयो। र त्यही आवाजको सल्लाह मान्ने निर्णय मैले गरे।

पुकार दाई को कुरा आएको रहेछ, कामनाको लागी। कलेजमा त्यती हेलमेल हुन न पाए पनि पुकार दाई का केही साथीहरु लाई राम्ररी चिन्दथे म। कुरा बुझ्दा पुकार दाई राम्रो मान्छे भएको निस्कर्ष निस्कियो, अनी त्यही कुरा कामना लाई भनी दिए।

आज कामना को बिहा पुकार दाई सँग हुँदै थियो। कामनाको त्यो खुसीमा समेल हुन मलाई पनि निम्ता दिइएको थियो। खिन्न मन भए पनि हासेको अभिनय गर्दै त्यहा केही घण्टा बिताए। अनी उनको सुखी जीवन को कामना गर्दै कामना सँग बिदा मागेर आफ्नो घर तिर लागे। .......    

 

Last edited: 09-Mar-08 11:51 PM
Read Full Discussion Thread for this article