Waka-jyu,
प्रकाशनको लागि अमेरिका त के मंगल ग्रहमा बस्नुहुन्छ भने पनि केही कठीनाई हुने छैन । कठीनाई त मार्केटिङमा हुने रहेछ ।
६०-१०० वटा गजल भएपछि एउटा decent संग्रह हुन्छ भन्ने लाग्छ मलाई ।
अनि मेरो आसय स्पष्ट अस्पष्ट के कसो भयो कुन्नी, मैले मिश्रित गजल संग्रह (परम्परागत र प्रयोगात्मक दुबै मिसिएको) को कुरा गर्या होईन है । कि त शुद्ध परम्परागत गजलको संग्रह, कि त शुद्ध प्रयोगात्मक (दोहोरो काफियावादी) गजल को संग्रह को कुरो गर्या नि ।
प्रयोगात्मक गजलको अलग्गै संग्रह नै सिर्जना गर्ने प्रतिवद्धता छ भने त्यसमा लगानी गर्नुस्, होईन प्रतिवद्धता चाही छैन भन्नुहुन्छ भने त्यसमा ठूलो लगानी नगर्नुस् ।
दुई थरीका गजलमा लगानी गर्नु भनेको एकैचोटी दुईवटी प्रेमिकासंग प्रेमको कारोवार गर्नु सरह हो । क्रिटिकल ट्याममा न यताको न उताको होईन्छ । विचार पुर्याउनुहोला ।
अब गजल विधानको अर्को अलि enigmatic नियमको कुरा गर्न चाहन्छु । “बहर” अर्थात् छन्द ।
अधिकतम शुद्ध गजल लेख्ने आँट, जाँगर र मनसाय छ भने उर्दु र संस्कृतका परम्परागत छन्दमा लेख्ने प्रयास गर्नुहोस् (नेपालबाट प्रकाशित संग्रह “बहरमाला” को मोडेलमा)।
मनसाय न्यूनतम स्वीकारयोग्य गजल लेख्ने (शिरीष, भउते र मैले यसै गर्ने गरेका छौं) हो भने कम्तिमा, for a given ghazal, समान अक्षरसंख्या वा syllable संख्या भएका पंक्तिहरु भएका शेरहरु लेख्ने बानी बसाल्नुहोला । कुरा के भने एउटा गजलको सम्पूर्ण शेरहरु एउटै लयमा गाउन सकिने हुनपर्छ । लय संगै सम्बन्धित अर्को महत्वपूर्ण कुरा “विश्राम” (हरफको बिचतिर कतै रोकिने स्थान) हो । शुरुको शेर (मतला) मा जुन लय र विश्राम छ, त्यही लय र विश्राम बाँकी सम्पूर्ण शेरहरुमा हुनुपर्छ ।
प्रचलित मात्रा (syllable संख्या) र विश्रामहरु:
8+8 (आठौं syllable पछि एक विश्राम भएको जम्मा सोह्र syllables को पंक्ति हुने)
8+6
7+7
8+5
6+6 (or 3+3+3+3)
5+5
5+5+5+5
4+4
ल है त, यिनै न्यूनतम (भन्नुपर्यो) नियमहरुको पालना गर्दै गजल रचना गर्नुहोस् । तपाईको गजल प्रकाशित गर्ने र गाउनको लागि गायक/संगीतकारहरु बीच हारालुछ हुने स्थिति पैदा गर्ने जिम्मा मेरो भो ।
Nepe