Posted by: nepesahila March 8, 2008
सद्दाम हुसेनको पुनर्जन्म
Login in to Rate this Post:     0       ?        

खासमा त्यस्तो भको हैन रे। सद्दाम हुसेनले सुरुमै नेपाल छान्या हो। यमराज समेत तीन छक खाएछन हुसेनको छनौट सुनेर। किन त्यस्तो दरिद्री देश छानेको भनेर यमराजले सोद्धा हुसेनले यस्तो जवाफ दिएछ।


"प्रभु, मलाई नेपालमै पठैदिनुस्। किनकी त्यहाँका मान्छे एकदम असल छन। म राजा हुना साथ आदी भन्दा बढीले मलाई भगवानको अवतार मान्दिन्छन। अलिकती पढे लेखेकाहरु पनी मेरो वरीपरी चाकडी गर्दै शक्तीको पूजारी भएर बसिहाल्छन। अनपढ गवाँरहरुलाई उचालेर फाईदा लिनेहरु पनि छँदैछन्, तिनीहरुलाई म भन्दा मुनिका पावरवालाहरुले नै अल्मल्याइदिहाल्छन। घराँ खान लाउन छैन, पढ्नु गुन्नु छैन, सप्पै नेता बन्न खोज्नी, अनी  सत्तामा को पुग्योको टन्टो लिने मुर्खहरुको देशमा म त के मेरो सात पुस्ताले राजगर्न पाउँछ, प्रभु। अनी प्रभु बिदेशाँ बसेर भूक्नेहरुको त झन ताँती छ तिनीहरुको। मलाई त त्यै देश पाए आनन्द हुन्छ।"

Read Full Discussion Thread for this article