Posted by: badarkta March 8, 2008
सद्दाम हुसेनको पुनर्जन्म
Login in to Rate this Post:     0       ?        

इराकमा सद्दाम हुसेनलाई झुण्ड्याएर मारियो । घित्रिक्क प्राण जानासाथ उनी यमराजको सामुन्ने पुगे । यमराजले सद्दामलाई न्यानो स्वागत गर्दै भने-’तिमी पहिले नै यहाँ आउनुपर्ने मान्छे, ढिलो आयौ ।’ सद्धाम र यमराजका बीच भलाकुसारी भयो । भलाकुसारीपछि यमराजले भने-’हेर सद्दाम, म तिमीलाई स्वर्ग नर्क दुवैतिर पठाउँदिन ।’

यमराजले छक्क परेर भने -’किन ? त्यसो भए कहाँ पठाउनुहुन्छ ?’

यमराज बोले -’तिमीलाई स्वर्ग नर्क जता राखे पनि ममाथि खतरा हुन्छ । तिमीले मेरो सत्ता कब्जा गर्न बेर लगाउँदैनौ !’

यमराजको कुरा सुनेर सद्दाम मुसुक्क हाँसे । सद्दामले सोधे -’त्यसो भए मलाई कहाँ पठाउनुहुन्छ ?’

यमराजले भने -’तिमीलाई पृथ्वीमै फर्काइदिन्छु । बरु कुन देशमा पुनर्जन्म चाहन्छौ - भन !’

सद्दाम बडो सोंचमा परे । उनले कुन देशमा जन्मन पाए राम्रो होला भनी निकै सोचविचार गरे तर निर्णय गर्न सकेनन् । उनले यमराजसँग केही घण्टाको समय मागे । यमराजले समय दिए । त्यसपछि यमराजको दरबारको बगैंचामा घुम्दै सद्दाम सोचविचार गर्न थाले । उनलाई इराकमै जन्मन मन लाग्यो तर फेरि यस्तै विजोग, यस्तै मृत्युदण्ड दोहोरिएला भन्ने डर लाग्यो । त्यसैले इराकमा फेरि नजन्मने निर्णय गरे ।

सद्दामलाई अमेरिकामा जन्मन मन लाग्यो । तर उनले तत्कालै विचार बदले । उनलाई लाग्यो - अमेरिकाको राष्टपति बने पनि तानाशाह बन्न सकिदैन । कथंकदाचित तानाशाह बन्न सकिए पनि धेरै समय टिक्न पाइदैन र इराकमा जसरी नै जसरी झुण्डिएर मर्नुपर्नेछ ।

कुन देशमा जन्मने - सद्दामको चिन्तन अब चिन्तामा परिणत भयो । उनले बेल्जियमदेखि वेलायतसम्मका देश सम्झे, भारत सम्झे, चीन सम्झे, जापान सम्झे । तर कहिँ पनि जन्मन मन लागेन ।

घण्टौंसम्म सोंचविचार गर्दा पनि पृथ्वीलोकको कुन देशमा जन्मने भनी सद्दामले निर्णय गर्न सकेनन् । उनले पुनर्जन्मका लागि देश छान्ने जिम्मा यमराजलाई नै दिने विचार गरे । यमराजका अगाडि उपस्थित भएर सद्दामले भने -’पुनर्जन्ममा जाने देश हजुरले नै छानिदिनुपर्‍यो । मैले त छान्नै सकिन ।’

सद्दामको कुरा सुनेर यमराज पनि सोंचमा परे । निकैबेर सोंचेपछि उनले सद्दामलाई सोधे -’तिमीलाई कस्तो देशमा जन्मन मन लागेको छ पहिले त्यो बताऊ !’

सद्दामले भने -’यस्तो देशमा जन्मन पाउँ प्रभो जुन देशमा जति तानाशाही मच्चाए पनि, जति अत्याचार गरे पनि कुनै कारवाही नहोस् । सत्तामा बसेर जति अपराध गरे पनि, जस्तै आन्दोलन ब्यहोर्नुपरे पनि, जति दमन गरे पनि अनि आन्दोलनबाट हटाइए पनि कुनै कारवाही नहोस् । सत्तामा बसेर गरेको सात खत माफ हुने त्यस्तो कुन देश होला ? त्यो देशमा पठाइदिनुपर्‍यो प्रभो !’

सद्दामको कुरा सुनेर यमराज मुसुक्क हाँसे अनि भने -’त्यसो भए तिमीलाई म नेपालमा जन्माइदिन्छु ।’

s: rakure

Read Full Discussion Thread for this article