Posted by: Nepal ko chora March 7, 2008
कामना
Login in to Rate this Post:     0       ?        

भाग ३ 
 
घडी तिर एक नजर लगाए, छ बजी सकेको रहेछ। भोक पनि लागेको थियो, न लागोस पनि त कसरी। बिहान नास्ता खाएर आएर पसारिएको मान्छे, ब्युझिदा सांझ पारी सकेको थियो। उठेर हाथमुख धोए, खाना तयार भै सकेको रहेछ। अरु दिन भन्दा साह्रै नै मिठो लाग्यो, त्यो बेलुकी को खाना पनि। भोजन भन्दा भोक मिठो रे, साचै हो रहेछ। अरु दिन खाना खाई सकेर एक छिन TV हेरेर माथी आफ्नो कोठा तिर उक्लिने म त्यो दिन खाना खाइ सकेर सिधै आफ्नो कोठा तिर लागे। भित्ता को घडी तिर एक नजर लगाए, ९ बज्न अझ ३० मिनेट बाकी रहेछ। आफु लाई चाही कती बेला ९ बज्ला र इन्टर्नेट जोडेर कामनालाई ईमेल गरु जस्तै भै सकेको थियो। फेरी त्यो दिन त भाई पनि घर मा थिएन। उसको जाच चल्दै थियो, त्यसैले पढ्न भनेर साथी कहाँ गएको थियो। नत्र भाई भएको बेला सुरु मा उसलाई ईमेल चेक गर्न दिए पछी बल्ल मेरो पालो आउथ्यो। बिहे को दिन कामना
को हातमा सेल फोन त देखेको थिए, सिधै फोन नम्बर न मागेर किन ईमेल एड्रेस मागेछु मैले? आफ्नो मुर्खतामा एक चोटी आँफै लाई धिक्कारे। घडी हेर्दा हेर्दै ९ पनि बज्यो। हत न पत ईन्टरनेट जोडेर कामना लाई ईमेल गरेको त तुरुन्तै जवाफ आयो। मलाई त "के खोज्छस कानो, आँखा" जस्तै भै हाल्यो, उनलाई MSN म add गरेर च्याट गर्न थाले। कुराकानी को क्रम च्याट बाट फोन मा पनि पुग्यो। कहिले उनले गर्थीन भने कहिले मैले। फोन जस्ले गरे पनि कुरा भने दिनहु जसो हुन्थ्यो।
 
दाई को बिहा सकिएको ३ हप्ता भएको थियो, भाउजु लाई लिएर दाई पनि अस्ट्रेलिया फर्किनु भयो। अफिस को काम ले एक दिन एउटा साइट जानु पर्ने भयो, भोली पल्ट ढलान को काम थियो। हुन त त्यो साइट मेरो जिम्मेबारी मा पर्दैन थियो। तर जुन साथी ले त्यो साइट हेर्थ्यो, उ बिरामी भएर त्यो दिन अफिस आएको थिएन। साइट पुगेर हेर्दा कामदारहरु ढलान को लागी रड बान्ने काम गर्दै रहेछन। उनीहरु लाई रड कहाँ कसरी बाध्ने भनेर सिकाउदै थिए, नारी अवाजमा कसैले "इन्जिनियर साब" भनेर बोलाएको जस्तो लाग्यो। बन्न लागेको घरको मालिकनी ले पो बोलाको हो कि भन्ठानेर दाँया-बाया हेरे, कोही पनि देखिन। फेरी आफ्नु चिनजान को त्यो ईलाका मा कोही भएको जस्तो पनि लाग्दैन थियो। आsss मेरो कान बज्या होला भनेर फेरी कामदारहरु लाई काम सिकाउन लागे। फेरी त्यही अघी कै आवाज ले "इन्जिनियर साब" भनेर बोलायो। मेरो कान बजेको पक्कै हैन रहेछ। पल्लो घर को कौसी बाट आवाज आएको जस्तो लागेर हेरेको त मेरी बास्सै कामना पो रैछ, कौसीमा। मेरो आश्चर्यको सिमा नै रहेन। हुन त उनले आफ्नो घर कहाँ भनेर मलाई त्यो बिहा को दिन नै भनी सकेकी थिइन। तर त्यो घना बस्तीमा उसकै घर निर मेरो अफिस को साइट छ भनेर मलाई के थाहा? "इन्जिनियर साब, त्यहा को काम सकी सके पछी मेरो घर मा पसेर जानुस है त। चिया खुवाउला नि" उता बाट अर्डर पो आयो। हुन त चिया सँग मेरो राम्रो दोस्ती थिएन, अहिले पनि छैन। तर कामना ले घर आउनु भनी सके पछी, कसरी न जानु? फेरी चिया पनि खुवाउने रे। त्यो बिहा को मन्डपमा भेटे पछी हाम्रो अर्को भेट भएकै थिएन, फोनमा नियमित कुराकानी भए पनि।
 
साइट को काम सकाएर कामना को घर तिर लागे। मन्द मुस्कान का साथ ढोका खोलेर कामना ले स्वागत गरिन, त्यो मादक मुस्कान ले काम को थकाई सबै बिर्साइ दियो। बैठक कोठामा कामना को आमा TV हेरेर बसी रहनु भएको रहेछ, देख्ने बितिकै कामना को आमा भएको अड्कल गर्न मलाई गाह्रो परेन, नमस्ते टक्राइ हाले। "वहाँ प्रतिक भिनाजु को भाई रजत" कामना ले आमा सँग मेरो परिचय गराइन। औपचारिक कुराकानी चल्दै थियो। "म चिया बनाएर आउछु है" भन्दै कामना उठेकी मात्र के थिइन, अन्टी त झन "बाबु लाई भोक लाग्या होला, नास्ता पनि बनाउन" थप्नु हुन्छ। अब कामना नै भान्सा तिर लागे पछी त्यहाको रौनक नै हराउने, त्यसैले "भो दु:ख न गर, नास्त खाने टाइम नै भको छैन, बरु एक गिलास चिसो पानी खाम। फेरी मेरो अफिस मा पनि ढीला हुन्छ" मन को कुरो मुख बाट फुस्कियो। पानी त हैन, सर्बत पो लिएर आइछिन, कामना ले। "ल सर्बत लिनुस" भनेर ग्लास म तिर तेर्साएकी मात्रा के थिएन, खै के मा खुट्टा अल्झियो उनको। गिलास त टाइब्रेकरमा पेनाल्टी शुट हाने जस्तो म तिर हुत्तिएर आयो। धन्न हातले गिलास त समाते, तर सर्बतले भने शर्टलाई नुहाइ दियो। "सरी" लज्जित भावमा कामना ले भनिन। "केही छैन, सर्बत त हो। चिया भएको भए चाही सर्टलाई पोल्थ्यो होला, सर्बत ले त सितल भयो।" बाताबरणमा हासो गुन्जियो। कामना ले फेरी अर्को गिलास सर्बत बनाएर ल्याइन। यो पटक भने पेनल्टी हान्ने अनी रोक्ने क्रम चलेन। सर्बत अली खल्लो नै भए पनि कामना ले बनाएर आफ्नै हातले दिए पछी मन को प्यास भने मज्जा ले बुझ्यो। अफिस को काम ले हिंडेको मान्छे, धेरै बेर त्यसै अल्झेर बस्न मिलेन। त्यसैले कामना सँग TOEFL को materials र CD पैचो मागेर आफ्नो बाटो ततांए। त्यती भए पछी अर्को चोटी फेरी भेट्ने बाहाना भै हाल्यो, आफुलाई।

अफिस को काम को चटारो ले २-४ दिन न राम्रो सँग गाज्यो। तै पनि कामना सँग को फोन को कुराकानी भने नियमित जस्तो चल्दै थियो। एक दिन बिहान अफिस निस्किन लागेको थिए, कामना को फोन आयो। "हजुर सँग एउटा जरुरी कुरा गर्नु छ भेटेर, सांझमा अफिस पछी फुर्सद छ?" हुन त अघिल्लो दिन मात्र कुरा गरेको थिए, उनी सँग। अचानक फेरी के परेछ कुन्नी? मनमा जिज्ञासाको भुमरी मडारिन थालयो। "भै हाल्छ नि। भरै ४:३० मा बानेश्वर को बेकरी मा भेटौ न त" मैले उनको आग्रह नकार्न सकिन, फेरी उनलाई TOEFL को सामाग्रीहरु पनी फिर्ता दिन बाकी थियो। त्यो दिन भरी जसो मन मा कुरा खेली रह्यो: "कामना लाई त्यस्तो के परेछ, भेटेरै भन्नु पर्ने?" ......

क्रमश:

Read Full Discussion Thread for this article