Posted by: भउते March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

जय शम्भो ! घोट्टा अलिक बढी नै लागे जस्तो छ हउ मलाई त। आँखै तिरीमिरी झ्याईँ भयो।  

"मलाई यसपाली जसरी नि पुन्टेकी साली जुरेली मिलाइदेउ हे शम्भोको बहान भृङ्गी" भनेर पैसा चढाउँछु, एकैछिनमा पैसो गायप हुन्छ, अनि मलाई लोप्पा ख्वाउँदै "ईssssश मिलाइदिन्छु" भन्छ। पैसो थोरै भएर भृङ्गी रिसाए कि भनेर फेरि अलिक धेरै पैसो चढाउँछु फेरि उत्निखेरै पैसो गायप हुन्छ अनि "ईssssश मिलाइदिन्छु" भन्छ , फेरि चढायो फेरि गायप फेरि "ईssssश"...............। पैला पैला त एकछिन सम्म पैसो त्यैँ हुन्थ्यो, अनि पुजारीले उठाएर लान्थ्यो, यो भृङ्गी नि लात हाने नि चुप लागेर बस्थ्यो।.......... अन्खेरी आज त जता गयो उतै तेर्सो परेर बसेको भृङ्गी देखिन्छ। सुरुमा त आज शिवरात्री भनेर पश्पतिमा धेरै भृङ्गीहरु राखेको होला भन्नी ठानेँ। भुत्रो को हुनु नि, आफूलाई घोट्टाले झ्याप पारेछ।  अनि यी धोबिनीको बहान पुन्टे भिरिङ्गी म जता जता गयो उतै उतै तेर्सो परेर बस्दा रे'छन, अनि मैले पैसो चढायो कि ट्याप्प टिपेर गोजीमा हाल्दा रे'छन् अनि "ईssssश मिलाइदिन्छु" भन्दा रे'छन। मैले चढा'को सप्पै पैसा अहिले नै खुरुक्क फिर्ता दिनी भा' देउ बुढा, नत्र "खस्ला र खाम्ला" भनेर पछि लाग्नेका आज शुभ दिन आए !  

Read Full Discussion Thread for this article