Posted by: Deep March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

चेलीले त्यो पश्पतीको फोटो टाँसेर मनै हुरुरु पुग्यो त्यहीँ। बर्षौ बरालिएको ठाम हो त्यो त गाँठे। अरु केही नभए नी हाजीरीको पुरस्कार दिनु पर्ने हो हाम्लाई शम्भोले।

त्यो कैलासमा पनि बरालिएकै हो। उता गौरीघाट तिर पनि। हर्के सोमलाई श्लेस्मान्तक मन परे जस्तो आफुलाई चै बिश्वरुप तिरको सेरो फेरो मन् पर्थ्यो। के गर्नु छोडेर आईयो। बुर्जाको पैसा सारेर ईँट्टामा राखे पछि बुर्जा चौबर आको जस्तो लाग्छ कैले काईँ त।

तस्बीर फेरी कस्तो प्रस्ट रेछ नी --  पसपति पुर्बका ति लहरै बनाका फुच्चे मन्दीर बाहीर बस्दै बिताएका साँझहरु सम्झिएँ।

जय सम्भो!

Read Full Discussion Thread for this article