Posted by: cheli March 5, 2008
मेरो एउटा प्रयाश
Login in to Rate this Post:     0       ?        

आफ्नो शैली भन्दा अलि फरक खालको कविता लेख्ने कोशिस गरेकी छु्, लेख्ने बित्तिकै यहाँ टाँसेकी हुँ, सुझावहरु पाउने आश मा, अलि के नपुगे के नपुगे जस्तो लागिरहेको छ, आशा छ, साझाका दिग्गजहरुबाट पाएको सुजावले मैले यसलाई माझ्ने नै छु् ।

तुलना

आखिर तुलना कसरी नै गर्न सक्छु र म

यो मौकै मौकाको राष्ट्रसँग, त्यो हल्लै हल्लाको देशलाई

यहाँको नियम मान्ने शैलीसँग, त्यो घुस्याहा परिबेशलाई

 

तरपनि थाहै नपाइ तौलिरहेकी हुन्छु म

यो उत्तर आधुनिक समाजसँग, त्यो प्राचीन अवशेषलाई

यहाँको भड्किलो पहिरनसँग, त्यहाँको शालिन भेषलाई ॥

 

(कविता अझैपनि निर्माणाधिन अवस्थामा छ, यसलाई पुरा गर्न सबैको सहयोगको अपेक्षा गर्दछु ।)

Last edited: 05-Mar-08 10:06 AM
Read Full Discussion Thread for this article