Posted by: Nepal ko chora March 5, 2008
कामना
Login in to Rate this Post:     0       ?        

भाग - २

"बेरोजगार नै भनौ कि? डिग्री हातमा परी सके पनि यसो टाइम पास गर्ने मेलो भेटिएको छ। last week देखी एउटा consultancy join गरेको छु।" एउटी राम्री केटी को अगाडी अली कती भए पनि फुर्ती देखाउने मौका पाको, किन त्यसै उम्किन दिन्थे र।

"ओहो, कसै कसै को मस्ती नै रैछ नि।  पढाई सकी जागीर पनि सुरु भै सकेछ त।" उनको ब्यङ्गको बाण तेर्सियो, तिर

"खै कस्को मस्ती भन्नु अब। दिन भरी घर मै सुतेर बस्दा मस्ती हुन्छ कि बिहानै उठेर चिसो खाँदै जागिर धाउन मस्ती हुन्छ?" आफ्नो बचाउ गर्नै पर्यो।

"लौ, को दिन भरी घर मै सुतेर बसेको ? तेसै आँफै खयाली पुलाउ पकाउदै आफु एक्लै खानु भएन नि। हामी पनि TOEFL अनी GRE prepare गर्दै छम।" मैले अध्यारोमा हानेको तिर निशाना भन्दा अली पर पुगेछ, तर धेरै टाढा भने हैन।

TOEFL अनि GRE, यि दुई शब्द सुने पछी मलाई भने कुरालाई चुइगम जस्तो तन्काउने मौका मिली हाल्यो। "हुन मैले पनि TOEFL को तयारी गर्न भनेर अंकल कहाँ बाट मोटो किताब बोकेर आको हो। अहिले सम्मा पल्टाएर हेरेको पनि छैन। फेरी CD हरु बाट practice गर्नु पर्छ रे भन्ने सुनेको। तिमी क्लास पनि लिदै छौ?"

"साथीहरु को लहलहै मा लागेर एक हप्ता अगाडी क्लास join गरे, तर खाली दिउसो को घण्टा हल्लिएर बिताउने मेलो मात्रा भएको अहिले सम्म। ग्रुपमा मान्छे पुगेन भनेर खासै क्लास मा पढाई चाही भको छैन।" उनले आफ्नो असन्तोष पोखिन।

" पनि मास्टर्स गर्न बाहिर जाने सोची रहेको छु। तर यो TOEFL अनि GRE अनेक थरीको झमेलाहरु पार लगाउनु पर्ने पहिला। फेरी आफ्नो क्लास लिने टाइम पनि छैन। बरु मिल्ने भए तिम्रो क्लास मा दिने materials हरु share गर है। कपी गरेर तिमी लाई फिर्ता दिन्छु।" अब कामना सँग कुनै पुरानो साथी झै खुलेर कुरा गर्न सक्ने भै सकेको थिए।

"भै हाल्छ नि।" निधार तिर झरेका केही कपालहरु लाई पछाडी तान्दै उनले भनिन। "आफु लाई चाही मास्टर्स गर्ने मन , घर मा भने अब बिहा गर भन्दै हुनु हुन्छ। खै दोधारमा छु।" निधार खुम्च्याउदै उनले कुरा मोडिन।

"घर घर कि कहानी उही हो। बिहा गर्ने लाई भन्दा हेर्ने लाई हतार हुने रैछ" उनलाई ढाहस दिने प्रयास थियो मेरो। "मेरो हजुर आमा लाई पनि पनाती/पनातीना हेरेर मर्ने ईच्छा रे। अनि हजुरले त्यो कुराको चिन्ता नै गर्नु पर्दैन, अझै कम्तिमा २० बर्ष आरामले बाच्नु हुन्छ। तेती बेला सम्म पक्कै पनि पनाती/पनातीना भै सक्छन भन्दै मेरो हजुर आमालाई जिस्काइदिछु।" अब उनको त्यो खुम्चेको निधार सिधा हुन्छ कि भन्ने मेरो आस थियो। मेरो कुरा सुनेर तिर पुलुक्क हेरिन, अनि मन्द मुस्कान छरिन। अघि उनको निधारमा खुम्चिएका रेखीहरु देखेर बिचलीत भएको मन लाई त्यो मिठो मुस्कान ले सितलता प्रदान गर्यो। ....

Last edited: 05-Mar-08 10:39 AM
Read Full Discussion Thread for this article