Posted by: Rani Pokhari March 3, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

Episode 1
एस कथा का घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जीवन सँग मेल खान गएमा सम्योग मात्र हुनेछ।


साझा मा मेरो प्रबेश धेरै नै भो… कहिले के नाम बाट कहिले के नाम बाट… हुन त eautai नाम बाट सधैं प्रबेश गर्दा नि हुन्थियो तर सधैं password बिर्सिने, password recover गर्न खोज्यो कुन email id बाट registration गरेको नै थाहा नहुने… email create गर्न सजिलो छ तर password सम्झिन भने निक्कै गाह्रो… सयाद् जीवन पनि ईमेल create गर्नु जत्तिकैको सजिलो भाको भए…………
 
कुरा हो 2000-2001 तिर को, म teacher थिए। म त्यस्तो teacher पनि थिएन career teaching मा नै बनाउछु भनेर हिंडेको… मात्र केबल tuitione teacher… बागबजार, जमल का institute हरु मा tution पढौदै हिंड्ने… सोख ले हैन बाध्यता ले पढौदै हिढथिए। हुन त मैले एस.एल.सी पस्चात नै पढाउने काम सुरु गरेको थिए तर कहिले पनि  येही क्षेत्र मा लाग्छु भनेर सोचेको थिएन… tara मान्नु पर्छ teaching profession लाइ… कसै को under मा बस्नु नपर्ने… एकजना साथीनी थी BBS पढ्दा उनि पनि teacher नै थी उनी ले नै मलाई भन्ने गर्थी आहा कस्तो राम्रो profession आफ्नो मन को राजा आफै… अहिले पुलिसनी छिन् उनि… हुन त कडा मिजास को थी उनि…पुलिस नि भाको राम्रै भो … अहिले लाग्छ उनिले स्कुल मा बच्चा हरु लाई झ्यालखाना को चोर् लाई पुलिस ले तर्शाको झै तर्साउथि होला।

हुन त teaching लागेको भन्दै मा एकदम सोझो टाईप को teacher भनेर हिंड्नु पर्छ भन्ने छैन। सोझा teacher हरु पनि धेरै नै देखे। बाहिर सोझा भित्र टेदा आफ्नै समकालिन साथी हरु teaching मा लागेका हरु आफू लाई अलि बुज्रुक नै सम्झिन्थिए। कुरा तेसो हैन, teaching मा लाग्दैमा आफ्नो सोचाइ अलि बुढा पाको type को बनाउनु पर्छ भन्ने छैन र मलाई त्यस्तो मन पनि पर्दैन। म सोच्थिए BBS पढदा ICom लाई अनि MBS पढ्दा BBS पढाउने teacher हरु जति सुकै नै बुढा बन्न खोजे पनि कहाँ हुन्छ र। उमेर ले नै दिन्न नि। आ तेसैले आफू त सिधै भन्निन्थियो ल है साथी हो आफू त MBS पढिरा छु student नै हु… प्रख्यात teacher चाहि हैन… मन लागे क्लास मा बस्ने नत्र tata bye bye… मुखै छुचो मेरो त…। ईन्स्टिच्युट को पनि मालिक मेरै साथी थियो… मुर्मुरिन्थियो…  ईन्स्टिच्युट को goodwill गयो भन्दै… अब good will को कुरा गर्दा मम पसल जस्तो फैलिएको ईन्स्टिच्युट मा के को goodwill soodwill… बेरोजगारी ले छ्याप्प् छयाप्ती भा बेला अलि बुझ्ने खाली student ले त सोच्न सक्ने नै हो नि येस्तो कुरा … एती पनि नबुझ्ने student ले के सिके होलान र Macro Micro Economics पढेर …

ईन्स्टिच्युट को owner साथी मुकुल धेरै नै मिहेनत गर्थियो student बोलाउन मा। मिहेनती नै थियो। Entrepreneurship quality थियो उस्मा। आफू पर्‍यो मालिक बन्न कहिले नि नसिकेको। हुनत मालिक बन्ने भन्ने कुरा Charity begins at home bhaneko जस्तै entrepreneurship begins at home हो। मालिक बन्न खोजो भने जस्री नि हुन्छ मालिक बन्न नसक्ने को बाहाना नै बाहाना जिन्दगी भर्…। अहिले पनि तेस्तै हो मेरो… मालिक बन्न सकेको छैन। मुकुल राम्रो साथी थियो मेरो। Student हरु सँग मेरो weakness बुझ्थियो अनि मलाई भन्थियो… एकदम राम्रो साथी मेरो जीवन को turning point मुकुल ले नै हो ल्याइदिएको। मैले जीवन बुझेको tuition सेन्टर। मानौ त्यो tuition centre मेरो कर्म भुमि नै थियो। मैले धेरै कुरा परेर सिकेको ठाउँ थियो। मेरो दोश्रो घर नै त्यही थियो। शनिबार होस् या सार्वजनिक बिदाको दिन सधैं नै म त्यही हुन्थिए… मुकुल, स्व्यम, धीरज, महेश, बुद्ध, ठाकुर्, क्रिश्णे अनि अरु फाट फुट आउने thuprai  साथी हरु को जमघट हुन्थियो क्लास नभाको बेला। भाको नभाको कुरा गर्नु हाम्रो सोख थियो। धीरज मास्टर निक्कै हसाउने साथी थियो… मुकुल ले भन्ने गर्थियो यो धीरज कुन दिन मर्दा नि हाँस्दा हाँस्दै हासो अडकिएर मर्छ …. हुन पनि हो जमल मा हासेको दरबार हाई स्कुल सम्म सुनिने गरी हास्थियो बदा बिन्दास मान्छे थियो।

भाको नभाको कुरा कुराको क्रम मा girlfriend बनाउने कुरा हुन्थियो… खाली कुरा मात्र बनाउन सक्ने चाहि कोही हैन। क्लास मा थुप्रै केटी हरु लाई पढाउथिए सबै मास्टर हरु तर एकदम सोझो type ले। Student लाई त्यस्तो आँखा ले कहिले नि हेर्नु हुन्न रे… हाहा हासो नै उठ्ने… अब हामी हरु को उमेर नै कति भा थियो र त्यस्तो सोझो टाईप ले हिंड्न लाइ।। घर मा कत्तिन बुडि छोरा छोरी भाको अनि परस्त्री  सँग अलि कति पनि नजिक हुनै नहुने जस्तो … हुन त आफू पनि अलि अलि तेस्तै थियो… तर मुकुल च्यामपू थियो। केटी पट्याउन  मा। घन्टौ घण्टा कुरा गर्थियो फोन मा … दीऊसो class नहुने .. उस्को काम नै के थियो र … खाली फोन… फेरी केटी हरु पनि के के को को हो… कहिले सुनिता कहिले मनिता… नम्रता बिनम्रत्रा … सयाद् उस्ले नि सम्झदैन थियो होला। तर एौट केटी ले चाहि रेगुलर नै फोन गर्थियो अनि गफ सकियेपछि सुनाउथियो… केटा हरु मुर्मुरिन्थिए मास्टर भएर टन्न केटी हरु लाई पढाये पनि  केही गर्न नसकेको मा

to be continued.................. 

Read Full Discussion Thread for this article