Posted by: Deep March 3, 2008
घर
Login in to Rate this Post:     0       ?        

"झन कहिले देखि भनेको आज सुधिरदाई कहाँ जाने भनेर -- अहिले यति बेला आएर एक्लै जाउ रे --" सुकिर्तीलाई प्रकासको कुरा मन परेन। तर पनि उ मन लागि नलागि आफुलाई तयार गर्न ऐना अघि उभिई। उस्को सुन्दरताको बयान सुनेर त उ धेरै अघि थाकिसकेकी थिई। अहिले त्यही सुन्दरतालाई एक छिन नियाली उ आफैले। मान्छेहरु मेरो एक पलको हेराईमा जिन्दगी बिताउन सक्छु भन्छन तर जस्लाई आफुले जिन्दगी दिएकी छु उस्लाई एक पल मलाई दिन साईत आउनु पर्छ। मन भित्र सुकिर्तीको एउटा अनि तरङ्ग उठ्यो, त्यसले अरु तरङ्गहरु उठायो अनि मिलेर ति तरङ्गहरु निकै बेर उस्को मनमा बरालिईरहे।

उस्ले फोन उठाई, कुरा गरी अनि राखेर सजिन थाली। सुकिर्तीले आज बिशेष श्रींगार गरी। आफ्नो सुन्दरतामा उ आफै आज धेरै पछि अवाक भै। आफ्नो सुन्दरतामा उस्को बिश्वास गर्मीमा तापक्रम झैं बढ्दै गयो। उस्लाई अझै पनि कता कता तर सुधीरदाई कहाँ एक्लै जान भने मन थिएन।

सुधीरदाईकहाँ सुकिर्ती पुग्दा जमघट सुरु भैसकेको थ्यो। उ सँग त्यहाँ भलाकुसारी गर्ने मान्छेहरु हुन वा सामान्य औपचारीकता पुरा गर्ने प्राय: दुबै थरीले एकै किसिमका प्रतिकृयाले उस्को स्वागत गरेका थिए - उस्को सुन्दरताको प्रसंसा अनि "खै त प्रकास?" को प्रस्न।

सुन्दरताको प्रसम्सा उस्लाई मन परेको भए पनि "खै प्रकास?" को प्रस्नले उस्लाई झर्को लागेको थ्यो। प्रकास उ सँगै नआईदिएर उस्ले आफ्नो प्रसंसा माथि अन्याय गरेको सुकिर्तीलाई लाग्यो।

कसै कसैले त "खै प्रकास?" एक चोटी भन्दा धेरै नै सोधे, कसैले फेरी "आईपुग्या छैन प्रकास?" "कि आउँदैन आज?" "के काम गरीरा रे? "कस्तो क्लोजिङ्गको पिर हो?" "हैन त्यो प्रकासले काम गर्ने ठाममा मान्छे माग्या छैन रे?" "कामलाई दिन सक्छ प्रकासले?" यस्ता प्रस्नहरु पनि सुकिर्ती अगाडी उभ्याए। सुकिर्तीलाई रिस उठन थाल्यो अब।

उ रमाउन खोज्थी, रमाउँथी पनि केही छिन तर फेरी प्रकास आयो कि भन्थी। देख्दैन थी। निक्कै बेर भैसक्या थ्यो। उ बेचैन हुँदै थिई। प्रकास आईदिई हाले हुन्थ्यो भन्ने थ्यो उस्लाई। उस्ले गरेको केही उ मेटाउन चाहन्थी जुन प्रकासको आगमनले मेटाउने थ्यो। तर उ आएन।

सुकिर्तीले फोन गरी। प्रकासले फोन उठाएन। सुकिर्ती अब भने क्षुब्ध भै।

तल थ्यो जमघट तर  उ सबै बाट टाढा हुन कौसीमा गै। अनि एक्लै उभिई त्यहाँ। उस्ले प्रकासलाई सम्झि। एकदम निरस, उराठ लाग्दो मान्छे। केही पनि कुराहरुमा रुची नै छैन। केही कुरा त नभनम --उस्ले आफैलाई सच्चाई अनि त्यो सच्चाईले उस्मा अहिले घृणा चै भाव उठायो--त्यस्तो मान्छेले किन बिहे गर्या होला? भाडामा लिए पनि हुन्थ्यो नी। सुकिर्तीले प्रकासलाई उस्को अनुपस्थितीमा सम्बन्ध र चरीत्रको अदालतमा उभ्याई। उस्ले वकालत गरी, प्रकासको बोली निस्केन।

"खुब आदर्शको कुरा गर्छ।" सुकिर्तीको मन झर्कियो। उस्ले प्रकासले गर्ने कुराहरु सम्झि। प्रकासका प्रायस: कुराहरु सुकिर्तीलाई मन पर्थे। खाली उस्का धेरै बानीहरु प्रति उ सहमत थिईन।

सुकिर्तीले सोची प्रकास ब्यबाहारिक पटक्कै छैन। प्रकास त्यहाँ आउँछु भनेर नआएकोलाई उस्ले आफ्नो अपमान ठानी। आउन मिलेन, काम छोड्नै मिलेन भने पनि एक चोटी फोन गरेर "म आउन मिलेन" किन भन्न सकेन? उस्ले आफैंलाई सोधी। उस्को फोन मुर्झाईसकेको पट्टी उस्को ध्यान गएन। उस्ले फेरी प्रकासको बिरुद्ध् वकालत सुरु गरी। अब उ न्यायधिसको कुर्सीमा बस्नै जान आँटेकी थिई। कौसीमा कोही आए जस्तो लाग्यो उस्लाई। .....


 

Last edited: 25-Apr-08 11:23 AM
Read Full Discussion Thread for this article