Posted by: PallaGhareAntare March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा

आउछकि चेली भनेर आमा दोबाटो धाएकी
तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती
सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन
एकलै कोठामा.......
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
 
छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालैमा
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि
प्रवासको पातमा........
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला
दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो
बेलको ठूटामा.......
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

जदौ यो सोमबारे बिहानीको।

भरे साँझ भेटम्ला, ऐले जान परो साहूले मार्चन नत्र। थुल्ननी एक मुठो तोरिको साग राख्देउ है भरे पकाम्न पर्च।

 

 

Read Full Discussion Thread for this article