Posted by: PallaGhareAntare March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

जिम्माल बा जिम्माल्नी का सपनाँ मख्ख होलान केरे अब पुराना कुरा सम्झेर हांस्न परो त नि।


Posted on 07-11-07 3:46 PM     Reply | Notify Admin
 
ठुल्दाईको स्टाइलमा बोल्ने तरिका- :)

१) कुनै वाक्य लिनुहोस। उदाहरणको लागि: "कुरा बुझ्ने मान्छेले बुझे पनि नबुझ्नेलाई अप्ठ्यारो पर्यो"।
२) माथिको शब्दलाई दुई वाक्यमा सरल बनाउनुहोस। " कुरा बुझ्नेले बुझ्यो।""कुरा नबुझ्नेलाई गाह्रो पर्यो"। 'अप्ठ्यारो'को सट्टामा 'गाह्रो' प्रयोग गर्दा कम अक्षर भए पुग्छ।
३) अब पहिलाको वाक्य जस्ताको तस्तै लेख्नुहोस तर पछिल्लो वाक्य घुमाउनुहोस रमाइलो तरिकाले। "कुरा बुझ्नेले बुझ्यो" "कुरा नबुझ्नेको टाउको घुम्यो"
४) दुबै वाक्यमा दोहोरिएको शब्द "कुरा" लाई हटाउनुहोस र बिचमा कमा थपेर एउटै वाक्य बनाउनुहोस। " बुझ्नेले बुझ्यो, नबुझ्नेको टाउको घुम्यो्"
५) अन्तयमा तारेमाम थपेर पुर्णविराम दिनुहोस।

"बुझ्नेले बुझ्यो, नबुझ्नेको टाउको घुम्यो, तारेमाम्।"


Posted on 07-11-07 4:46 PM     Reply | Notify Admin
 
माष्टरनी नानिको स्टाइलमा बोल्ने तरिका। :)

१) कुनै वाक्य लिने। उदाहरण: " भर्खर भात खाएँ तै पनि पेट खालि छ के भएको होला यस्तो?"
२) माथिको वाक्यलाई पहिला ३ भागमा विभाजन गर्ने। " भर्खर भात खाएँ", "तै पनि पेट खालि छ" " के भएको होला यस्तो"।
३) सबैभन्दा पहिलो वाक्यमा 'किम' थप्ने र 'के रे' थप्ने। "भर्खर भात खाएकिम के रे"
४) दोश्रो वाक्यलाई कसैलाई सोधेको जस्तो लवजमा भन्ने तर आफैँले भनेको जस्तो "भन्चु र" थप्ने। "तै पनि पेट किन खालि छ भन्चु र"
५)तेश्रो वाक्यलाई ब्राकेट भित्र राख्ने र 'मर्ने' 'मार्ने' तथा 'भाग्ने' कुरा थप्ने साथै :) चिन्ह राख्ने।
" (" के भएको होला यस्तो, मर्ने भएँ, म भागेँ। :) ") अथवा ("के भएको होला यस्तो, मार्ने भई मान्विले, म भागेँ। :) )
६) अन्त्यमा सबै वाक्य मिलाउने।
"भर्खर भात खाएकिम के रे,तै पनि पेट किन खालि छ भन्चु र (के भएको होला यस्तो, म भागेँ। मार्ने भई मान्विले:)"

 

 

Read Full Discussion Thread for this article