Posted by: Nepe February 28, 2008
आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
Login in to Rate this Post:     0       ?        

अभिव्यक्तिमा पुराना टुक्राहरुमा जस्तै प्रखरता छ । तर शैली (गजलको प्राविधिक पक्ष) को हिसाबले त तपाइले गजलको नितान्त नयाँ शैलीको आविष्कार गर्नुभयो ।

परम्परागत गजलमा "काफिया" (अनुप्रास) र त्यसको पछाडी "रदिफ" (दोहरिईरहने एउटै शब्द वा शब्दहरु) हुन्छ । तपाईले भर्खर आविष्कार गर्नु भएको चाही "काफिया" र त्यसको पछाडी "रदिफ" को सट्टामा फेरि अर्को "काफिया" भएको "मुरद्दफ" (रदिफ-विहिन) गजल हो ।

बधाई ;-)

Nepe

Read Full Discussion Thread for this article