Posted by: Deep February 28, 2008
घर
Login in to Rate this Post:     0       ?        

प्रकासले भने एउटा हातमा सुकिर्तीको जुत्ता र झल झल झल्किने रातो पर्स समातेको थ्यो अनि अर्को हातले सुकिर्तीको कुम। ...

जे को डर थ्यो त्यही भयो। भर्याङ चढ्दा चढ्दै आमा सँग भेट भो। प्रकास चै त्यहीँ किला ठोक्या जस्तै भो। सुकिर्तीलाई त्यसरी समाएर ल्याएको देखेर आमाले सोधीन "किन के भो सुकिर्तीलाई?"

"के हुनु नी रमाईलो भयो" सुकिर्ती आफैले जबाफ दिई। प्रकासले मौका पाएन केही भन्ने --हुन त पाएको भए पनि भन्ने केही थिएन। "ल हेर मैले भनेको हैन ढिला भा छैन भनेर --आमा त अझै सुत्नु भा छैन रे छ -- यस्सै अघि देखि ढिलो ढिलो भनेर --कति बज्यो--११?" सुकिर्तीले प्रकासलाई सोधी।

चिन्तीत र किम्कर्तब्यमूढ आमालाई देखेको नदेखे झै गरी प्रकास श्रीमती थाम्दै कोठा तिर लाग्यो। उस्लाई आत्मग्लानी भयो आज। सुकिर्ती तर निक्कै रसरंग धुनमा थिई। केही बेर पछि कोठामा त्यो रसरंग भने प्रकासलाई मन पर्यो।

भोली पल्ट उस्ले आमालाई सम्झायो। सुकिर्तीले उठाएको तरङ्गलाई शान्त पार्न खोज्यो।

केही दिन बिते। शुक्रबारको दिन थ्यो -- प्रकास अफिसमा ब्यस्त। सुकिर्तीको फोन आयो। "आज तिमि छिट्टै आउन है?"

"क्लोजिङगको बेला छ काँ छिटो आउनु नी -- बरु झन ढिलो होला जस्तो छ-- तर किन?" उस्ले सोध्यो।

"मलाई पनि तिम्रो अफिसमा काम खोज्देउ न -- तिमी र म सङ्गै क्लोजिङग गर्ने नी।" उस्ले भनी।

हुन त सुकिर्ती जिस्केकी हो, प्रकासलाई थाह थ्यो तर पनि उ डरायो। यसो अफिसका मान्छेहरु सम्झियो। तर्सियो। यस्ता ब्वाँसाहरु भा ठाममा पनि स्वास्नीलाई काममा लगाउन हुन्थ्यो? फेरी आफ्नी स्वास्नीलाई सम्झियो -- उस्लाई को संग के बोल्ने को सँग नबोल्ने केही थाह् छैन। खाली बोल्न पाए पुग्थ्यो। अफिसमा सुकिर्ती सँग सुबास, मल्ल सर, नारनकाजी, देबे, डेनी सबै झुम्मेका देख्यो। प्रकासले "म एक छिनमा फोन गर्छु" भनेर फोन राख्यो।

एक छिन पछि फेरी सुकिर्तीको फोन आयो। "काम खोज्देको हो मलाई?"

प्रकासलाई हिसाब नमिलेर चिट चिट भै रा बेलाँ। "कत्ति फोन गरी रा?" प्रकास अलिकति झर्कियो।

"ल हेर आफु चै एक चोटी फोन गर्नु छैन कहिलै। ब्या गर्यो बिर्स्यो। झन मैले फोन गर्दा पनि उल्टो रिसाउने" सुकिर्तीले गुनासो गरी।

प्रकासले नरम भएर सोध्यो यस पटक "हैन काममा अल्झेको थिएँ क्या--त्यसैले --सरी-- के भन्नलाई फोन गर्या?"

सुकिर्ती एक छिन बोलीन। प्रकासले स्वर अझ नरम पार्यो। बल्ल सुकिर्ती बोली "आज सुधीरदाई कहाँ बोलाको हैन?"

हो त -- प्रकासले सम्झियो। टेबलमा छरीएका कागज पत्र हेर्यो। काम त निक्कै छ। हुन त त्यो भेटघाटमा उस्लाई त्यति जान मन लाग्दैनथ्यो -- अहिले जान्न भने सुकिर्ती रिसाउने पक्का थ्यो। त्यसैले उस्ले सके सम्म मिठो स्वरमा भन्यो --"हेर न बिर्सेछु मैले त---काम टन्नै छ---तिमी जाँदै गर म उही आउँछु। "

"जान्न म एक्लै--मलाई तिमीसँग जान मन लाग्छ" सुकिर्ती मानीन।

प्रकासले संझायो। म टाक टुक सकेर आईहाल्छु। एकै छिन त हो।

बल्ल बल्ल सुकिर्ती मानी। प्रकासलाई राहत भो। उ धमाधम काम सकाउने तिर लाग्यो। ..........

 

 

Read Full Discussion Thread for this article