Posted by: shirish February 27, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

लोप्चन जी

उदाहरणको लागी गजलको अस्थीपन्जर (skeleton)

(मौकामा दिई हाल्या नि )

 नीलो = काफीया (गजलको मुटु ) Rhyming (अनुप्राश) words -> a must

रातो = रदीफ (optional) Refrains (दोहरिने शब्दहरु)  ( रदीफ निकालेर पढे खासै फरक नहुने - यस गजलमा)

 

नतीजा ननिक्लने प्रयोग तमाम  छन् ! - full syllables count =14    

फेरी गरिन थालेका उस्तै ब्यायाम छन् ! full syllables count =14     मतला a Must

(note:  काफीया र रदीफ)

 

गुटमा सामेल नगराउनुको रहस्य के ?

मेरा नाम पनि उत्तिकै बदनाम छन् !    Sher (note: काफीया र रदीफ )

 

गन्तब्य देख्दा देख्दै नत्र किन रोकियौं ?  full syllable count ‍= 14

अरु कसैका हातमा हाम्रा लगाम छन् !     Sher शेर

 

सडकै घर भए पछि कहां नै पुग्नु छ ?

तैपनि यता र उता जानु पर्ने काम छन् !  Sher

 

नमच्चिने पिङ्गमा झुण्डिनेले गर्ब गरे 

पालो कुर्ने मबि”को अगाडी धेरै लाम छन् !  मकता 

 (note: mentioning of scribe's name --> Optional)

 

Last edited: 27-Feb-08 10:34 PM
Read Full Discussion Thread for this article