Posted by: lopchanlama February 27, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

shirish जी, जानि-नजानी एउटा गजल कोरेको छु। कस्तो लाग्यो प्रतिकृया लेख्नु होला है

गर्जिने  रातहरु धेरै भो, शान्तिको बिहानि चाहिएको

कोलहालै-कोलहल धेरै भो, शान्ता लुम्बिनी चाहिएको

 

बुच्ची सक्यो कानहरु, बन्दुक बमहरुको आवाजले

चिरायु ध्वनी गुन्जिरहने, एउटा बिकुल चाहिएको

 

लत्-पतिएका छन रगतहरु, आँफ्नै दाज्यु-भाइको

रक्त पिपासु हातहरु होइन, अर्को बुद्ध चाहिएको

 

खबरहरु धेरै भो, आँफ्नै अपहरण- भिडन्तको

चिरायु शान्ती रहिरहने, एउटा युद्ध चाहिएको

 


 

Read Full Discussion Thread for this article