Posted by: Deep February 27, 2008
घर
Login in to Rate this Post:     0       ?        

प्रकासको बिहे सकियो। किरण गयो परदेश।

बिहे पछि पनि प्रकास घरमै बस्यो। उस्लाई बाउले दिएको घरमा सरेन उ। "किरण यहीँ भए सम्म त यसो बेला बेला आउँथ्यो अब त उ पनि छैन यता --म पनि भईन भने आमालाई कति सुन्य होला?" प्रकास आफैले आफैलाई सोधथ्यो। उस्को जबाफ उ त्यही घरमा बस्ने निर्णय नै थ्यो।

सुकिर्तीको र उस्को बानीमा धेरै अन्तर थ्यो। प्रकास हतपत बोल्दैनथ्यो। सुकिर्ती हतपत रोकिन्न थिई। प्रकास घरमै बस्न रमाउँथ्यो। सुकिर्तीलाई घर बन्देज लाग्थ्यो। प्रकासका साथिहरु को हुन? सोध्नु पर्थ्यो। सुकिर्तीका को होईनन त्यो सोध्नु पर्थ्यो। प्रकास एक बारको जिन्दगी हो यसलाई प्रसंसाको उदाहरण बनाउनु पर्छ भन्थ्यो, सुकिर्ती उदाहरण भनेको सबैले राख्ने हैन -- सबैले राखे के उदाहरण? एक बारको जुनी हो रहर पुर्याउने हो भन्थि। प्रकास अल्लमल्ल पर्थ्यो।

"म त तिमीलाई धेरै माया गर्छु, तिमी नी?" सुकिर्ती यसो भनी रहन्थी। प्रकास पनि सम्झेर कत्ति चोटी त "माया गर्छु म तिमीलाई" भन्थ्यो। फेरी एक् दुई दिनमा भन्न बिर्सिन्थ्यो। सम्झेको बेला अपठ्यारो लागेरै भए पनि फुल ल्याउँथ्यो दिन्थ्यो सुकिर्तीलाई। सुकिर्तीको अंगालोमा बाधिन्थ्यो। प्रकासलाई तर देखाबटी, बोलाबटी मायामा बिश्वास थिएन। माया भनेको मनले गर्ने हो--ओठ्ले त भडकाउने हो भन्थ्यो उ। बोलीमा हैन माया ब्यबहारमा हुनु पर्छ भन्ने उ सुकिर्तीलाई आफु भन्दा धेरै माया गर्थ्यो। "तिमीले त मलाई मायै गर्दैनउ" सुकिर्ती गुनासो गर्थी उ रनभुल्लमा पर्थ्यो।

कतै जाँदा सुकिर्ती उस्को हात समाउँथी, प्रकासका गाला राता हुन्थे। उ हात छुटाउन खोज्थ्यो। "म तिम्री श्रीमती हुँ, प्रकास" सुकिर्ती रिसाउँथी। "मैले हैन त भनेको छैन नी -- हाम्रो माया अरुहरुलाई किन देखाउनु पर्यो?" प्रकास सोध्न चाहन्थ्यो तर खाली मुसुक्क हाँसेर उ सुकिर्ती तिर हेर्दिन्थ्यो। उ झर्केर अन्तै हेर्थी। पछी पनि त्यो हात छोडेको कुरा उठाउँथी। "तिमीलाई लाज लाग्छ हो मेरो हात समाउन?" उ सोध्थी। "हैन" उ टाउको हल्लाउँदै सानो स्वरमा जबाफ दिन्थ्यो। "त्यस्तो सानो कुरा पनि --" उ मनमनै भन्थ्यो।

सुकिर्तीको मामाको छोरीको बिहे थ्यो जाबलाखेलमा हाल सालै। बिहे पछिको पहिलो जमघट थ्यो अनि पछि नाच गानको कार्यक्रम थ्यो। प्रकास नाँच्न आउँदैन भनेर छुट्टै बस्यो। सुकिर्तीले कत्ति तानी, प्रकास मानेन। साँच्चै उस्लाई नाँच्नै आउँदैन थ्यो। काठका जस्ता खुट्टा हुन्थे उस्का, जिउ रड जस्तो नाच्न भने पछि। "म सिकाउँछु नी तिमीलाई" सुकिर्ती भनेर थाकि तर प्रकासले मानेन। सुकिर्ती नाचेको उस्ले एक टकले हेरी रह्यो र आफैलाई भन्यो "कस्तो राम्रो नाचेकी"। "म पनि सिक्छु अब घरमै सुकिर्ती सँग -- अर्को चोटी त नाँच्ने हो सँगै" प्रकासले आफैलाई प्रोत्साहन दियो।

नृत्यको क्रम संगै पेय पदार्थ आए। एउटा कालो झोल कोक होला भनेर एक घुट्की के लाथ्यो प्रकासले झण्डै घाँटिमा अड्क्यो। उस्ले  सोधीकन अर्को कोकको गिलास माग्यो। सुकिर्तीहरुले सोध्नु परेन। "कसरी चिनेका नी कुन के के हो भनेर?" प्रकास छक्क पर्यो। को नातेदार हुन को होईनन प्रकासले चिनेन। सबै नाँचमा मग्न। सुकिर्तीले राम्रो नाची भनेर धेरैको वाह वाह पाई। कत्तिले त उ सँग नाचेर रहर पनि पुर्याए।

"राती धेरै भईसक्यो सुकिर्ती, घर जाने हैन अब?" नाँच हेरेर थाकेको प्रकासले सोध्यो। "भरखर त नाँच सुरु हुँदैछ -- बरु आउन तिमी पनि" सुकिर्तीले उस्लाई तानी, प्रकासले हात छुटायो। "के भो?" सुकिर्तीकि अर्को चैइ मामाकि हो कि फुपुकी हो छोरीले सोधी। "घर जानी रे" सुकिर्तीले हाँस्दै भनी।

"ह्या भिनाजु पनि, साँझैमा पनि कोई घर जान्छ?" आधा राताँ सुकिर्तीकी त्यो मामाकि हो कि फुपुकी छोरीले भनी। अनि प्रकासको नजिकै आएर हात समात्दै भनी "भिनाजुले ननाचेर बोर भा हो के -- ल त्यो कजरा रे भन्ने लाओ त -- " ।

"भिनाजुलाई नाच्न आउँदैन रे" धेरैले एकै स्वरमा भने। उस्ले भनी "नाँच्न आउँदैन रे? उसो भए अमिताभ बच्चनको रोल दिम न त भिनाजुलाई -- ढिकि कुट्या जस्तो गर्न त आउँछ होला नी?" उस्ले सोधी। प्रकास हात छुटाउन खोज्दैथ्यो। गीत घन्कियो।

"घर पुग्दा त निक्कै ढिलो हुने भो ---आमालाई फोन गरेर भन्दिनु पर्यो अब"  प्रकास अलि शान्त कोठाबाट फोन गर्ने धुनमा त्यो नृत्यकक्ष्य बाट निस्कियो। सुकिर्तीले उस्लाई बाहिरिदै गरेको देखी। .......दोस्रो बिश्राम---

Last edited: 27-Feb-08 03:17 PM
Read Full Discussion Thread for this article