contd....................
"तिमी केटाको मनलाइ बुझ्छौ?"
"म आफ्नै मनलाइ त बुझ्दिन। अरुको मन बुझ्ने कोशिश किन गरुँ?"
"प्रेममा एक अर्कालाइ बुझ्न जरुरी छैन?"
"छ, तर दुइ जनाको फरकपनालाइ पनि स्वीकार्न सक्नु पर्छ। म तिमी जस्तो कहिले बन्न सक्दिन। मेरो आफ्नै मौलिकता हुन्छ, आफ्नैपन, जसलाइ कसैले परिबर्तन गर्न सक्दैन। "
"त्यो कसरी सम्भव छ?"
"धेरै आधिपत्य नजमाइकन आफ्नो प्रेमि/प्रेमिकाको प्राकितिक स्वभावलाइ सहज रुपमा बुझ्ने। गहिरो हिसाबको साध्यहरु जस्तो जटिल नबनाउने। एक मानवमा हुने केही त्रुटि र कमजोरीहरुले उसको सम्पुर्ण माया र अरु बिशेषताहरुलाइ ग्रहण लगाउन पनि मिल्दैन नि।"
"मायामा त हरेक कुरा प्यारो हुन्छ। कमजोरी पनि। तर तेही कुरा पछि किन स्वीकार्य हुँदैन?"
"मलाइ थाहा छैन।"
"तिमीलाइ के थाहा छ त?"
"तिमी जिबनदेखि कहिले भाग्न सक्दैनौ न त माया बाट नै।"
"अब म के गरुँ त?"
"कुन्नि? जे मन लाग्छ गर। मेरो चाहि जाने बेला भयो। अध्याँरो भैसक्यो"
"मेरो गुरुले पनि भन्न नसकेको कुरा गर्यौ तिमीले। तिमीसङ कुरा गर्दा सारै आनन्द आयो। जानु भन्दा अघि एउटा कुराको जवाफ देउ त मलाइ।"
"के?"
"केटिहरुलाइ किन मैले कहिले बुझ्न सकिन ?"
उही बिषयबस्तु, उही निराशापन र उही पट्यारलाग्दो जिज्ञासा। घुमिफिरि रुम्जाटार।
हे भगवान! सबैको कल्याण गर।
समाप्त।