आज किन चौतारीमा कोही गाम्ले देख्दिन। ठुलिले तरकारी बेचिसके जस्तो छ। कार्यबाहक जिम्माल पनि सम्धी (ओर्जिनल जिम्मालको) नै नभए पछि तमाखु खोज्दै रिठ्ठाबोटे तिर लागे जस्तो छ। ठुल्दाइ पनि आजकाल मास्टर भा भन्ने सुनेथें, मिस को सट्टामा पढाउन तेही बुमिला डांडाको प्राथमिक तिर लागेछन कि के हो। दिप ज्यु आए भनेर मख्ख परेको, फेरी बाटामा को तरुनी देखेछन कि कुन्नी, तेतै हराए। लहरे बौचा बेलुकाको गिती कार्यक्रम्लाई मोटर ब्याट्री चार्ज गर्न देउराली बजार तिर लागेछ कि कुन्नी। हर्क सोल्टी हिजो देखी सुर्ती कि सुर्ती भनेर मरिरा थे, आज लेर आछु म, खै कता लागेउ, तो गोतामे का तिर लागेका होलान बलवान खैनी खोज्दै, भोटेकुकुरले टोकेपछी थाहा पाउला। जिम्मालकी कान्छी नातिनी हाम्री चेली पनि देख्दिन, तो २ रुप्पेले सुन्तला चक्लेट किनिरहेकी होलिन, उता नेपेदाइको पसलामा, केटाकेटिलाई कति गुलियो खानु पर्ने, दांत सबै झर्ने भए किराले खार। चित्रे पनि आज्कल कता मरेको हो, तो छोटि हुलाकमा कहिले डाक आऊला भनेर कुरी रा होला, केटी त डाक बाट आउँदैनन भाई, हटियातिर लाग्नु पर्छ, अंखा तेर्स्याउदै। एही चौतारीमै कुरी रा भएनी कोही बटुवा आउंथेकी।
लु म नि एक्लै कति गन गन गर्नु, हिंडे दांदे लगाउन, फिलुंगे छरेको छु, नत्र अहिले सबै धुक्कुरले खाइदिन्छन।