Posted by: happy days February 25, 2008
12 Nepali killed in Iraq, again!
Login in to Rate this Post:     0       ?        

इराकमा नेपालीहरुको फेरि सामुहिक रुपमा मारिएको खबरले आज काठमाडौ लगायत देशका विभिन्न ठाउँमा निकै चर्चा पायो । उक्त खबर गलत भएको भन्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता हिरा बहादुर थापाले पुष्टि गर्नुभएको छ ।

प्रवक्ता थापाद्वारा जारी विज्ञप्तिमा विगतमा १२ जना नेपाली मारिएको भिडियो रेकर्ड इन्टरनेटमा राखी पुनः हिंसा भड्काउन खोजिएको उल्लेख गरिएको छ ।
इन्टरनेट सञ्चारमाध्यमले इराकमा एक व्रि्रोही समुहद्वारा १२ जना नेपालीहरुको हत्या गरिएको समाचार र तस्वीर प्रकाशन गरेको कुरालाई परराष्ट्र मन्त्रायलले बुझी गलत भएको पुष्टि गरेका छ । प्रवक्ता थापाले भन्नुभयो-'सञ्चारमाध्यमले राखेको समाचार आफैमा गलत हो ।'

उक्त समाचारप्रति नलाग्न सबै नेपालीलाई आग्रह समेत विज्ञप्तिमा गरिएको छ । इराकमा मारिएका नेपालीहरुको पुरानै भिडियो राखेर र हिंसा भड्काउन र संविधानसभा निर्वाचन विथोल्ने तत्वले गरेको षड्यन्त्र हुन सक्ने अनुमान अहिले गरिएको छ ।

source http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=5143 

Read Full Discussion Thread for this article