नमस्ते चौतारी।
क्यार्नु रमाइलो गर्नु पर्ने हो चौतारीमा तर मनाँ लाग्या कुरो नबोलि बस्न सकिएन।
वास्तवमा यस्ता थुप्रै शब्दहरु अरुनि छन जुन हामीले जानि नजानि प्रयोग गरेका छौँ धेरैपल्ट। मिस दिदीले भनेझैं गलत भावनाले बोलिएका नहोलान संधै तर अझैपनि पहिलेदेखि चलिआएका उखान टुक्का वा माथि जस्तै खेल्दा प्रयोग गरिने शब्दहरु हामी प्रायश प्रयोग गरिरहेका हुन सक्छौं नानीदेखि लागेको बानीले गर्दा भनम न।
तर अहिले यसरी प्रयोग गरिने शब्दहरुका अर्थ र कुन परिस्थितीमा प्रयोग गरिएका वा शुरु भएका हुनसक्छन भन्ने बुझे पछि भने प्रयोग गर्नु भन्दा अगाडि दुइ बाजि सोच्नु जरुरी लाग्छ मलाई पनि। माथि हर्के दाईले त्यो अर्थमा प्रयोग गरेका पक्कै होइनन्। दशकौंदेखि चलनचल्तिमा रहेको र बच्चामा हामी सबैले प्रयोग गर्ने यस्ता शब्दहरु अनायाशै निस्किन्छन कहिलेकाहीँ हाम्रा मुखबाट बानीले गर्दा तर अफसोशको कुरा के भने धेरै पटक ता हामीले यो realize नै गरेका हुन्नौं कि हामी गलत गर्दै छौं र यस्ले अरु कसैको मन दुख्ला।
चलनचल्तीमा रहेकाले सामान्य लाग्ने यस्ता कुरामा सचेत र संवेदनशील हुन जरुरी छ हामी। जातपात, धर्म, रंग जस्ता कुराले सामान्य बोलीचालीमा पनि अरुमाथि भेदभाव गरिनु हुन्न भन्ने पस्चिमीहरुका थुप्रै कुरा राम्रा छन नि र भलै हामीलाइ नानीदेखि यस्तै बानि लागेका हुन र ख्यालख्यालैमा भनुंला यस्ता कुरा तर फरक पर्नेलाइ त परिहाल्छ नि।
पर्वतेले भनेझैं वास्तवमै हामी कोहि नहोलाउँ त्यस्तो तर नराम्रा कुरालाई देख्या नदेख्यै गर्न वा आँखा चिम्लेर denial मा बस्न नि त भएन। चौतारीको मात्रै कुरा गर्या हैन नेपालतिरकै यस्ता नराम्रा चलन, संस्कार वा प्रथाहरु भनम न। नेपे दाइले भन्न खोज्नु भएको यहि हो जस्तो लाग्छ र म सहमत छु पनि। हामी कोहि पनि अछुतो छैनौँ यस्ता कुराहरुबाट तर संवेदनशील हामी आफैं हुनु पर्छ पहिले अनि त बल्ल भन्न सकिएला यस्तो हुनु हुन्न हाम्रो समाजमा, हाम्रो मुलुकमा भनेर।
बरु नेप्ची भाउजु भाग्नु भ'च यस्तो नि हुन्च चौतारीमा भनेर। आउनुस भाउजु बरु हामीनि डुम हैन चोर खेलौँ। हाम्रातिर त तेसै भन्थे। अब साँच्चिकै चोरले चित्त दुखायो भने चाइं बरबाद। उस्को पेशालाइ नि त हेप्न भ'न।