Posted by: Nepe February 24, 2008
Gyanendra, Prachanda Giriaja on REMIX music video hahah Funny
Login in to Rate this Post:     0       ?        

झिल्के,

 

सहि कुरा ।

 

अनि हाम्रा नेताका योग्यताको त के कुरा गराई भो र ?

 

तर पनि गतिला नेता भन्ने कुरा तिनीहरुलाई भरमार तर असंगठीत गाली गरेर वा चुपचाप भगवानसंग प्रार्थना गरेर आउने कुरा होईनन् । संगठीत गाली (activism) गर्नुपर्छ, अनि आउँछ ।

 

एउटा anecdote सुनाउँछु । केही महिना अघि म काठमाडौंको एउटा पत्रिकापसलमा थिएँ । त्यहाँ केही युवाहरु गरमागरम गाली गर्दै थिए गिरिजाप्रसादलाई, उनको एउटा विवादास्पद वक्तव्यको सिलसिलामा तर उनको यावत कमजोरीहरु उधिनी उधिनी ।

 

एक युवाले ठोकेरै भने सब समस्याको जड गिरिजै हो । मैले माफी र बहसमा भाग लिने अनुमति एकैचोटी माग्दै भने, माफ गर्नु होला, तर मेरो धृष्टता सुनाउने अनुमति दिनुहुन्छ भने, मेरो विचारमा त समस्याको जड तपाई हामी पो हौं त । के हामीले कहिले गिरिजाको विकल्प खोज्यौं ? सुझायौं ? लड्यौं ? अर्थोक केही गर्न नसके पनि केही युवाहरु मिलेर गिरिजाको विकल्प चाहियो भनेर अनसन बस्न त सकिन्थ्यो होला नि । खोई कोही बस्यो ? बस्नुहुन्छ तपाईहरु ?

 

केटाहरु चुप । एकजना ज्ञानीले चाही भन्यो, ठीक भन्नु भो दाई, मैले त त्यतापट्टि कहिले सोचिनँ ।

 

अनि म पनि एउटा ठूलै काम गर्‍या जस्तो सन्तुष्टि बोकेर घरतिर लागें ।

 

कुरा त्यसो छ ।

 

Nepe

Read Full Discussion Thread for this article