Posted by: Rahuldai February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

जिन्दगी भर कपाल काटेको संख्या हिसाब गरम न त।

१- म सानो छंदा घर मै कपाल काटिन्थ्यो पैसा लागेन।


२- ६-७ बर्ष देखी कपाल काते होला, टोलको खान्दानी हजाम कहाँ, १ मोहर मा अर्थात ७ बर्षा देखी १३ बर्षा सम्ममा बर्षको ४ चोटिको दर ले २८ पतकको जम्मा १४ रुपैया। त्यो बेला डलर को भाउ पनि १०-१२ रुपैया मात्र थियो। त्यसैले भयो १ डलर।


३- १३ बर्ष देखी चाँही शंकर सैलुन एण्ड हेयर ड्रेसिङ भन्ने ठाम मा कपाल कटाएं होला २०-२१ बर्ष सम्म। जम्माजम्मी ८ बर्षमा ३५ पटक को रु ५ देखी ७ को डर ले ( औसत साँढे ६)  कुल २२७ रुपैया ५० पैसा। डलरमा रु ३५ को डरले साढे ६।


४- इलाहाबाद मा ४ बर्षा पढ्दा नि कपाल काट्न नेपाल आउने गरेकोले ४ बर्षमा २० पटक ७ को डर् ले १४० रुपैया। अर्थात ४ डलर।


५- त्यसपछी अंरिका आउँदा सम्म ५५ पटक कपाल कटाउदा, औसतमा रु २० को दरले रु ११०० । डलर्को भाउ ७० ले हिसाब गर्दा नि १५ डलर।


भन्नाले अहिले सम्म जिन्दगी भरी कपाल कटाउदा लागेको खर्च कूल जम्मा, १+ ६.५+ ४+ १५= २१.५ डलर।


अब हेर्नुस् त हाम्रो बुइनिको एक पटक को कपाल कटाइ खर्छ, १८० डलर। यस्तो हिसाबले घटिमा ७ पटका जन्म लिए पनि कपाल काट्न पुग्ने पैसा हुंदो रैछ हाअंरो घोर  कलियुग पो देखियो नारन।

Read Full Discussion Thread for this article