Posted by: Rahuldai February 22, 2008
Login in to Rate this Post:     0       ?        
 नेपे दाई
हो दाई, नचाहदा चाहदै पनि तपाईंले इंगित गर्नु भएको तरङ तिर मन भरङ हुने बेला छ। मेरो आशय अर्कै भए पनि काल परिस्थितीले त्यस्को अर्थ अर्थिने भाको छ।
मैले केवल मोडर्न बाच्ने पुरातन आत्महरुको रुप कोरेको थें। कच्चा बैद्यको मात्रा, यमपुरिको यात्रा जस्तो भयो कि?
मेरो आशय थियो, नेपाली साहित्य र नेपाली भाषालाई घ्रिणा गर्ने स्वघोषित झिल्केहरु प्रती ब्यङ प्रस्तुत गर्नु, तर ब्यङ्ग को नि ढङ्ग हुनु पर्छ भन्थ्यो, त्यही बेढङ्ग को भयो जस्तो छ।
जे होस्, दाई ले सिक्कको अर्को पाटो देखाइ दिनु भयो, एक छिन् त लाग्यो साटो लिनु भयो। धन्यवाद, तपाईंको सल्लाह सुझाव सदा झै पाइनै रहने विश्वाश का साथ तारेमाम।
 
Read Full Discussion Thread for this article