Posted by: ritthe February 21, 2008
Amitabh Bachchan- must watch movies: 70s & 80s
Login in to Rate this Post:     0       ?        
नेपे दाजु,
बिचारको लागि धन्यवाद !
माथि दाईले भनेको जस्तो मलाई ब्यक्तिगत रुपमा सोध्नु हुन्छ भने एउटा राम्रो सिनेमा त्यस्तो खाल्कोलाई मान्दछु जस्बाट आफुले भरपुर मनोरन्जन लिन सक्दछु म ! हुन त सबैको जोख्ने तरिका त ऊही होला ! मैले माथि लेखेको सिनेमाहरुको लिस्टमा चाँही अमिताभ बच्चनको राम्रो (सुपर हिट) भन्दा नि मैले हेरेको सिनेमाहरु को सुची प्रस्तुत गर्न खोजेको हो !
ति मध्ये केही सिनेमाहरु राम्रो भन्न नमिल्ने पनि छन होला (माथि 'म्यावेरिक'ले 'सौदागर' लाई भने जस्तै)
पक्का पनि एउटा राम्रो (सुपर हिट ) सिनेमा तब बन्छ जब त्याहा एउटा राम्रो कथा बस्तु, सम्बाद, कलाकारिताको सहि मिश्रण हुन्छ ! एउटा ब्यक्तीको छनौट गर्ने तरिका वा भनौ हेर्ने दृष्‍टिकोणले पनि राम्रो नराम्रो शब्दलाई केही हद सम्म परिभाषित गर्दछ भन्ने मान्दछु म !
अमिताभको सिनेमा मलाई मन पर्ने कारण नै उस्को एक्टिङ हो--तर एक्टिङ एक्लैले मात्र एउटा सिनेमालाई राम्रो बनाउन पक्कै मद्घत गर्दैन पनि भन्छु ! एउटा सानो बिचार  मात्र राखेको हो दाई, 'छोटि  मुह बडी बात' नहोस् कतै !

अन्तरे दाईको अर्को ईतिहास गैसकेछ !
Read Full Discussion Thread for this article