झिल्केलाइ भनेर लेख्या नेपे दाजीले पढेर दनक दिनु भ'च।
दाइले भन्नु भा जस्तै फरक धारका वा मसाला फिलीमका जस्ता "हटके" हैन साँच्चिकै हटके फिलीमहरु नि उत्तिकै हेरियो। माथी दीपले भनेका देखि बाहेक बिशेष गरि अपर्णा सेनका सिनेमा साह्रै मन पर्ने हुन।
36 Chowringhee lane हेरेसि देवश्री रायको नी फ्यान भैयो। दूरदर्शनबाट आउनि बंगाली फिलिम नि छोडिएन। Mr. and Mrs. Iyer नि असाध्यै मन पर्यो, राहुल बोसका अरु फिलिम जस्तै एक दिन चौबिस घन्टे, चमेली नि तेस पछि हेरियो। तेस्का धेरै फिलिमहरु लो बजेट हुने गर्छन् अलि भेट्न गाह्रो हुन्छ। तेस्तै 15 Park Avenue हेरेको त छ महिना नि पुग्या छैन होला। कोंकोना सेन शर्माको रेन्ज देखाउंछन यी दुइ सिनेमाले, हुनत राष्ट्रिय पुरस्कार तेत्तिकै पाइने नि त हैन। अब The Japanese Wife आउँदैछ यो साल पक्कै खोजेर हेरिनेछ।
अब कुरो चलिहाल्यो, हिन्दी टेली सिरियलका नि कुरा गरम न त। बास्तविक जीवनसंग मिल्दा जुल्दा बुनियाद, तमस, इन्तजार, जस्ता ८०का दशकका सिरियलहरु नि मन ला'र हेरियो। सिरियलमा नि मसाला र अलि हटके हुनि रैचन। शाहरुखका फौजी, सर्कस जस्ता नि त्यै ताका हेर्या हो। फौजी हेर्दा यो त हिरो हुन स्वाउनी रैच भन्नि लाग्या थ्यो भै हाल्यो मोरो। अरु मीरा नायर, दीपा मेहताहरुका फिलीम नि मन पर्चन। सलाम बम्बे, मनसुन वेडिंग, fire, 1947-earth, water सबै मन परे।
गोबिन्द निहलानीका आक्रोश, अर्ध सत्य, तमस, हजार चौरासीकी माँ राम्रा हुन। प्रकाश झा सम्झिंदा "मुंगेरीलालके हसीन सपने" याद आउंच। बरु रघुबीर यादवको मेसि साहेब, sandstorm, बवन्डर राम्रा हुन। श्याम बेनेगलका मन्थन, निशान्त, अंकुरहरु छुटाइएन। निक्कै राम्रा कलाकारहरु दिए यीनीहरुले।
अहिलेका कलाकारमा नन्दिता दास, राहुल बोस, कोंकोना सेन, पेरिजाद जोराबेन, राहुल खन्नाका फिलीम खोजी खोजी हेरिन्च।