Posted by: Nepe February 21, 2008
Amitabh Bachchan- must watch movies: 70s & 80s
Login in to Rate this Post:     0       ?        

मलाई चाही अलिकता जान्नी हुन मन लाओ, ठाम दिम है दम्तरी हो ।

 

मैले के देखे भने अन्तरे ब्रोको लिस्टोमा भएको एक-दुईटा बाहेक बाँकी सबै कथित मुल-धार का सिनिमाको चर्चोतारीफ हुँदै रहेछ ।

 

नि:सन्देह यस्ता सिनिमाहरुमा आम र विशाल वर्गहरुका लागि टन्न मनोरञ्जन भ्यालु छन् र त्यही कारणले यिनको वर्चस्व छ यत्र तत्र ।

 

तर कस्तो खाले मनोरञ्जन ? यो एउटा वैध प्रश्न हो । र त्यही उठाउन खोजेको ।

 

अलिकता बौद्धिकता पसिसकेको, भनुम् न किशोर अवस्था नाघिसकेको, दर्शकको लागि के छ तीनमा ? माने कस्तो खाले मनोतञ्जन छ ?

 

दुई किसिमको देख्छु म । एउटा त त्यो बौद्धिकता भन्ने जिनिसलाई सुताएर एकछिनको लागि सिनिमासंगसंगै आफु पनि मूर्ख (silly) बनी मजा लिने खालको मनोरञ्जन ।

 

अर्को चाही यस्ता सिनिमामा हुने परम्परागत मूल्य मान्यताको पैरवीबाट हामी आफैमा निहित त्यस्तो मूल्यप्रतिको स्वीकृती (conformism) संग मेल खान गई उत्पन्न समन्वयको आत्मरञ्जन ।

 

अब कुरो, के यसभन्दा फरक खालको मनोरञ्जन/आत्मरञ्जन दिने हिन्दी सिनिमा छन् ? अवश्य । र यस्ता सिनिमाप्रति हाम्रा दम्तरीका अनुभव, टिप्पणी के छ ? हो, यही जिज्ञासाले यहाँ हाजिर भा हुँ ।

 

बाँडम् साथी हो यो वैकल्पिक धार, समानान्तर धार वा कला-सिनेमा भनिने जातका सिनिमाहरुसंगको अनुभवहरु पनि ।

 

है त ?

Read Full Discussion Thread for this article