वास्तवमा झिल्केको कवितामा एक प्राकृतिक पुरुषको प्राकृतिक दृष्टि बोलिरहेको छ ।
प्रकृतिले नै स्त्रीजातीलाई पुरुषप्रति आकर्षित हुन पुरुषको गुणको आधारमा र पुरुषजातीलाई स्त्रीप्रति आकर्षित हुन स्त्रीको उपलब्धता भए पुग्ने अन्त:प्रेरणा (instinct) दिएको छ ।
त्यसको क्रमविकासवादी व्याख्या (evolutionary explanation) छ ।
प्राकृतिक अवस्थामा सबै जीव आफ्नो वंशाणु धेरै भन्दा धेरै फैलाउन चाहन्छन् र जुन दाउले आफ्नो वंशाणु अधिकतम फैलन्छ त्यही दाउ नै अन्त:प्रेरणाको रुपमा प्रकृतिले घुसाईदिएको हुन्छ ।
प्रजनन पद्धतिको कारणले स्त्री र पुरुषको वंशाणु फैलाउ दाउ अलग अलग हुन्छ ।
पुरुषको लागि जति बढी पार्टनर त्यति फाईदा (धेरै पार्टनर धेरै सन्तान)
स्त्रीको लागि एक पार्टनर र धेरै पार्टनरमा केही फरक छैन (जति पार्टनर भएपनि नौ महिनामा एक सन्तान हुने त हो)
त्यसैले स्त्रीहरुले आफ्नो ध्यान राम्रो गुण भएको पुरुष हेर्नमा लगाउछन् । उनीहरुको लागि राम बहादुर र श्याम बहादुर एउटै होईनन् ।
तर पुरुषहरुले भने आफ्नो ध्यान जो भेटिन्छ त्यसैमा लगाउछन् । उनीहरुको लागि मालती र मेलिना उत्तिकै फाईदाजनक हुन् ।
तर मैले यो प्राकृतिक अवस्थाको वा हाम्रो अन्त:प्रेरणाको कुरा गर्या है । एकल-विवाह संस्थाकृत गरिएको सभ्यतामा हुर्केको हामीमा त्यही अनुसारको संस्कार विकास हुने कुरा त छदैछ ।
लु जे भएपनि झिल्केले सभ्यताले आफ्नो प्राकृतिकता गुमाइसकेका पुरुषहरुको नभएर अझै प्राकृतिक अन्त:प्रेरणा जस्ताको तस्तै राख्न सकेका पुरुषहरुको मनस्थिति झल्काउने कविता लेखेको रहेछ ।
झिल्केलाई कस्ले भनेको रे, Women need a reason to have sex. Men just need a place ?
Nepe