Posted by: shirish February 17, 2008
Nepalese America Council
Login in to Rate this Post:     0       ?        

Looks like they are doing a good job.

अमेरिकी नेपालीहरुको काउन्सील बैठक


नेपालीपोष्ट प्रतिनिधि

वासिङटन डीसी, फेव्रुअरी १७

उत्तर अमेरिकामा रहेका २७ नेपाली संघसंगठनको छाता संगठन नेप्लिज अमेरिका काउन्सीलले तराइमा देखिएको समस्यालाई राष्ट्रिय समस्याका रुपमा सम्बोधन गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेका सबै पार्टी तथा व्यक्तिले पनि आसन्न संविधानसभाको चुनावमा आफ्नो सहभागिता देखाउनुपर्ने बताएको छ । 

काउन्सीलको टेनेसी, मुरप्रिmस्ब्रोमा फेबुअरी १६ शनिवार बसेको वार्षिक बैठकका अवसरमा सार्वजनिक अवधारणामा अहिले देखिएको मधेशी, जनजाती, दलित समुदायको समस्यामा केही तत्काल र केही भने संविधानसभाको निर्वाचनपछि सम्बोधन गर्न सकिने जनाइएको छ ।

अमेरिकाका लागि राजदूत डा.सुरेशचन्द्र चालिसे, गैर आवासीय नेपाली महासंघका उपाध्यक्ष देवमान हिराचन, क्यानडाका लागि अवैतनिक नेपाली दुत डा.कुन्जर शर्मालगायतका सहभागीहरु काउन्सील बैठकमा सहभागी रहेको कुरा सुमन तिमल्सिनाद्धारा फेबुअरी १६ मा जारी विज्ञप्तिमा जनाइएको छ ।

Read Full Discussion Thread for this article