Posted by: भउते February 17, 2008
Login in to Rate this Post:
0
?
आकाश फुटी मैमाथि झरे नि
लाहुरेलाई त दिन्न म मरे नि
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।
थुल्ननी,
केटाहुरले घेरेको गेरेइ छन्
बैनी एउटी, ज्वाईँ बन्ने धेरै छन्
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।
अब बैनी म दिन्न तिमीलाई
टालो खाएर बाँचिन्न नारन-भाइ
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।