Posted by: mr.jomsom February 17, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
एक एकाई आयतन

आफ्नो मनलाई अलि तल झारे ।
मैले आफ्नो मनलाई अलि बायाँ सारे ।
फेरी अलि पछि धकेले ।
अनि
बनेको एक एकाई आयतनलाई राम्ररी नियाले,
त्यो अटल थियो ।
त्यो विश्वस्त थियो ।
अनि निश्चिन्त पनि थियो ।
मनलाई तीन तिर सार्दा पनि ।
मेरो मस्तिष्कले लगाएको,
साम दाम दण्ड भेद देखि टाढा थियो ।

वरिपरीका सम्पूर्ण ढोका खोली,
शुभ साईतको लक्षणमा,
सु-स्वागतको लागि तत्पर थियो ।
एक आकार दिन ।
तरललाई ठोसमा बन्द गर्न ।
संयोगान्तको आशमा ।
दरिलो भविष्यको खोजमा ।

मन आखिर कमलो नै हुदो रहेछ ।
भावनामा बग्दो रहेछ ।
सदा टाढा हुन खोज्दो रहेछ ।
दिमागको चतुराई भन्दा टाढा, धेरै टाढा ।
स्वच्छ प्रक्रिति तिर खेल्दै, रमाउदै ।

सजिलै देख्न नसकेको त्यो ।
आज छर्लङ्ग हुने गरि उदाङ्गियो ।
झ्यालको पर्दा हटाउदा,
देखिएको सुन्दर हिमाल झै,
सुन्दर अनि पवित्र त्यो ।

निर्दोष अनुहार लिई,
केहि मागिरहेको थियो ।
कसैलाई खोजिरहेको थियो ।
सायद हुन सक्छ,
स्वतन्त्रता …… ?
स्वछन्दता …… ?
स्थायित्व …… ?
सदाचार …… ?
अनि अधिकार …… ? मेरो जीवन सजाउने ।

एउटा बनेको अल्प घनाकारमा
उच्च घनत्व पाईदो रहेछ ।
विशाल अर्थ भेटिदो रहेछ ।
जुन कल्पना भन्दा बाहिरको भयो ।
म सोच्न बाध्य छु ।
यथार्थताहरू हिजो कसरी जालोमा अड्क्यो ?
वास्तविकताहरू कसरी अन्धकारमा डुब्यो ?

यी सारा यसरी देख्न सकिन्छ,
अर्थहरू यसरी भेट्टाउन सकिन्छ,
भन्ने पहिला नै थाहा भएको भए ।
म पहिले नै,
एक एकाई आयातनको निर्माणमा अवश्य लाग्थे ।
अनि स्वच्छ मनलाई सान्त्वना दिन्थे ।
Read Full Discussion Thread for this article