Posted by: gahugoro February 17, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

यशोदा तिम्सिना

बालुवाटारमा एक घन्टा

कुरा एक साताभन्दा अलि अगाडिको हो । अमेरकिाबाट आएका पत्रकारहरूको टोली बालुवाटार जाँदै थियो । मिडिया एक्सचेञ्ज प्रोग्राम अन्तर्गतको कार्यक्रममा आफू सहभागी भएको र त्यसकै 'फलोअप' का रूपमा अमेरकिी पत्रकारहरू यहाँ आएकाले मैले पनि तिनको पछि लागेर प्रधानमन्त्री निवास जान चाहेँ । मेरा निम्ति त्यो त्यति सजिलो भने थिएन । ती पत्रकारसँगको 'डिनर' मा काङ् ग्रेस केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री-पुत्री सुजाता कोइराला पनि आएकी रहिछन् । उनैले बालुवाटारमा भेटघाट मिलाउने भएकीले मेरो जाने कार्यक्रम तय भयो  । मैले प्रायः अहिलेका अधिकांश नेताको अन्तर्वार्ता लिएँ । तत्कालीन सम्पादक किशोर -नेपाल) दाइले भन्नुभएथ्यो, "प्रधानमन्त्रीको अन्तर्वार्ता लिन सके तिमी र पत्रिका दुवैलाई राम्रो हुन्छ ।" तर, प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालासँग प्रत्यक्ष भेटघाट र प्रश्नोत्तर गर्ने इच्छा भने पूरा हुनसकेको थिएन । अमेरकिी पत्रकारहरूको नेपाल आगमनले त्यो साइत जुराइदियो ।

बिहानको ८ बजेको थियो । प्रधानमन्त्री निवासको 'गेस्ट रुम' मा पुगेपछि नेपाली काङ्ग्रेसका कार्यकर्ता अशोक पोखरेल र मलाई सुजाताले भनिन्, "अमेरकिनले कुरा गरेपछि तिमीहरूलाई बोलाउँला । " अमेरकिाको नेसनल पब्लिक रेडियो का संवाददाता रनिा अडवानी, जर्ज वासिङ्टन युनिभर्सिटीमा पत्रकारतिा पढाउने प्रोफेसर माइकल जुकरम्यान, विभिन्न रेडियोमा कन्सल्टेन्सी गर्ने साउन्ड इन्जिनियर टम कोरमोनेस्की र देल्फी इन्टरनेसनल नामक संस्थाका कार्यक्रम अधिकृत भ्लाड स्पेन्सर प्रधानमन्त्रीलाई भेट्नेमा थिए ।

करबि पाँच मिनेटपछि म र अशोकलाई भित्र बोलाइयो  । प्रधानमन्त्री कोइराला रनिालाई अन्तर्वार्ता दिँदै रहेछन्  । सुजाताले बडो प्रशंसा गरेर मेरो परचिय गराइन् । त्यसले मलाई के फरक पर्ने हो र ! बरु प्रधानमन्त्रीसँग भएका कुरा लेख्न पाउनु ठूलो कुरा हो एउटा संवाददातालाई । पत्रकारतिासम्बन्धी प्रश्नोत्तर चले । तर, सुजाताले मलाई केही नलेख्न भनिन् ।

देशका जल्दाबल्दा घटना सब ओझेलमा परेजस्तै थिए त्यतिबेला प्रधानमन्त्रीका लागि । त्यसैले ती अमेरकिीले करबि एक घन्टाको समय पाए । हुन त अमेरकिीहरू आ-आफ्ना ठाउँमा विशेषज्ञ र ख्याति कमाएकाहरू नै थिए । तैपनि, ती त्यस्ता होइनन्, जसलाई प्रधानमन्त्रीले यति महत्त्व दिनु परोस् । १५ मिनेट त बालुवाटार प्राङ्गणमा फोटो खिचाउनमै बित्यो । मानौँ, कुनै म्युजिक भिडियोको सुटिङ्् भइरहेको छ । यसका साक्षी थिए, प्रधानमन्त्रीका विदेश सल्लाहकार डा सुरेशराज चालिसे र नवनियुक्त सल्लाहकार आदित्य बराल । सुजाताको चाहना र खैरो छाला भएका मान्छे भए पुग्ने रहेछ प्रधानमन्त्रीलाई पनि । प्रधानमन्त्री र उनकी पुत्रीको विदेशी मोह देखेपछि लाग्यो, अन्तर्वार्ता लिन्छु भन्ने मेरो सोच कति निरर्थक रहेछ ।

from Nepal weekly

Read Full Discussion Thread for this article