Posted by: gahugoro February 17, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
सुजाताका ज्वाइलाई गैरकानुनी जागिर
रामप्रसाद दाहाल/नया पत्रिका
2007-10-17,Wednesday,
काठमाडौं, २९ असोज
प्रधानमन्त्रीपुत्री सुजाता कोइरालाले बंगलादेशी ज्वाइ“ रुवेल चौधरीलाई गैरकानुनीरूपले जागिर दिएकी छिन् । रुवेल पर्यटक भिसामा नेपाल आएका हुन् । पर्यटकको रूपमा नेपाल आएकाहरूले काम गर्न नपाउने प्रावधान छ । तर, प्रधानमन्त्रीकी छोरी सुजाताका लागि भने सो कानुन अमान्य भएको छ ।

बंगलादेशी नागरिक रुवेलले दुइ महिनाअघि सुष्मा कोइराला मेमोरियल ट्रस्टमा जागिर पाएका हुन् । 'सुजाताले ज्वाइ“लाई जागिर खुवाउन कानुनविपरीत ट्रस्टबाटै निर्ण्र्ाागराएकी छिन्,' ट्रस्टका एक पदाधिकारीले भने, 'उनको यो स्वेच्छाचारी निर्ण्र्ााो सरकारी छानविन हुनुपर्छ ।'

अध्यागमन विभागका महानिर्देशक नवीन घिमिरे त्यस्ता विदेशीले गैरकानुनीरूपमा काम गरेको पाइए पक्राउ गरी बयान लिने बताए । उनले पर्यटन भिसामा नेपाल आएर काम गरेको आरोपमा ५० हजार रुपैया“सम्म जरिवाना गराउने कानुनी व्यवस्था रहेको पनि बताए । तर, शक्तिको सामु सरकार निरीहजस्तै देखिएको छ ।

रुवेलले नेपालमा जागिर पाएकोमा समाज कल्याण परिषद् पनि आर्श्चर्यमा छ । परिषद्का निर्देशक राजु जोशीका अनुसार रुवेललाई जागिर दिन ट्रस्टले अनुमति लिएको छैन । 'हामीले त्यस्तो अनुमति नै दिन मिल्दैन,' जोशी भन्छन् ।

नेपाल र दाता मुलुकको सरकारबीच तथा विदेशी गैसस र समाज कल्याण परिषद्बीच हुने सम्झौतामा उल्लेखितबाहेक कुनै विदेशीले नेपालको गैरसरकारी संस्थामा काम गर्न पाउदैन । 'सुष्मा ट्रस्टमा काम गर्ने गरी जर्मनी संस्था इन्टरप्लास्टले नेपालको समाज कल्याण परिषद्स“ग सम्झौता गरेको छ, जर्मनबाहेक अरूले त्यहा काम गर्न मिल्दैन,' जोशीले नया पत्रिकासग भने ।

ट्रस्टसूत्रका अनुसार, सुजाताको निवास मन्डिखाटारमै बस्ने रुवेललाई मासिक ५० हजार रुपैया तलब र गाडी दिइएको छ । उनलाई 'सिनियर कन्सल्टेन्ट' भनिएको छ, कामचाहि कार्यकारी निर्देशककै दिइएको छ । तत्कालीन कार्यकारी निर्देशक कुसुमराज श्रेष्ठले ट्रस्ट छाडेपछि भदौदेखि रुवेललाई ल्याइएको हो ।

रुवेललाई सुजाता आफैंले हस्ताक्षर गरेर नियुक्तिपत्र दिएकी छिन् । कार्यालयमा रर्ेकर्डसमेत नराखिएको नियुक्तिपत्रमा स्वयंसेवी भनी अर्थ्याउन मिल्ने शब्दावली प्रयोग गरिएको ट्रस्टसूत्रले नया“ पत्रिकालाई जानकारी गराएको छ ।

रुवेल आफ्नी सुत्केरी पत्नी मेलिनी जोस्टका साथ ट्रस्टको कार्यालय आउ“छन् । 'दिनहुजसो श्रीमती र बच्चा लिएर आउ“छन्,' ट्रस्टका एक कर्मचारी भन्छन्, 'हाम्रो सर -रुवेल) लाई अफिस पनि ससुरालीजस्तो छ ।'

नया पत्रिकाले धेरै प्रयास गर्दा पनि नियुक्तिबारे रुवेलले कुराकानी गर्न चाहेनन् । ट्रस्टकी प्रोग्राम म्यानेजर रञ्जु पाण्डेले चाहि“ रुवेलले 'स्वयंसेवी'का रूपमा काम गरिरहेको बताइन् । उनले रुवेलको नियुक्तिबारे समाचार नबनाउन नया“ पत्रिकालाई दबाब पनि दिइन् । 'तपार्इं -नया“ पत्रिका) लाई यो कुरो कसले भन्यो, जसको बारेमा लेख्ने हो ऊस“ग अनुमति नलिई जे पायो त्यही लेख्न पाइन्छ -' पाण्डेले धम्कीको स्वरमा भनिन्, 'अनुमति नलिई नलेख्नु होला, नत्र...।'
Read Full Discussion Thread for this article