Posted by: Dada_Giri February 16, 2008
Login in to Rate this Post:
0
?
बाल कथा
एकादेशमा एउटा दुलोमा एउटा मुसा थियो रे, अनि तेइ दुलोमा एउटा कमिला पनि रेछ।
अनि तिनेरुले मित लाएछन्, लप प-या भन्नी कि के भन्नी अब।
अनि कमिलाले खाना पकाउँथ्यो रे, मुसा चाहिँ खाद्यान्न लिन जान्थ्यो रे बारिमा कोदो सोदो, मकै सकै, धान सान जे पाउँछ तेइ चोरेर ल्याउँथ्यो रे के।
अनि एकदिन कमिला त भात पकाउँदा पकाउँदै त्यो भात छड्केर माड उछिट्टिएर आएर माडले डामेर अनि मरेछ।
अनि मुसा त बिचरा एक्लै भएर अनि विरक्तिएर चौपारीमा आएर घाम साम तापेर टुसुक्क निनाउरो मुख लाउँदै बसिराऽरेछ।
यो कुरा पिपलले देखेछ।
अनि पिपलले सोधेछ के, "किन निनाउरो मुख लाएर झोक्राएको मुसा भाइ? के भओ र बेकाराँ?"
मुसाले गीत गायो-
"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु"
अनि पिपल त सब पात झरेर सिख्रिलो भएछ।
त्याँ बहर आएछ। अनि उदेक मान्दै सोधेछ पिपललाई?
"पिपल दाइ, आज हजुरलाई के भओ? नांगै हुनुन्छ नि? पुरा न्युड?" भनेर सोधेछ।
पिपलले पनि विरक्त पोखेछ-
"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर"
त्यो बहर त ठुटे भएछ।
अनि बहर पनि झोक्राउँदै समूद्रतिर पानि खान गएछ।
समूद्रले सोधेछ।
"बहर भाइ के भओ यस्तो अचम्म, सिंगै छैन नि , कल्ले क्यारो?"
बहरले वेदना पोख्यो-
"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर
धमिलो समूद्र"
समूद्र त पुरा चुनामी आएर धमिलो भएछ, है।
अनि बुडाबुडी नुहाउन आएछन् धमिलो समूद्र निच्च परेर बसेको देखेर सोधेछन्-
"समूद्रजी, के भओ किन धमिलिएर बसेको, कल्ले चित्त दुखायो हजुरको?" भनेर सोधेछन्।
समूद्रले वेदना पोखेछ-
"कमिलाले र मुसाले मितेरी लाई लाई
कमिलो माड परी मरी जाई
सिख्रिलो पिपलु
ठुटे बहर
धमिलो समूद्र
बुडा बुडी मर"
अनि बुडा बुडी नि मरेछन्।