Posted by: Rahuldai February 15, 2008
Marriage/Birth certificates
Login in to Rate this Post:     0       ?        

सबै भन्दा पहिलो कुरो तपाईं कहाको हुनु हुन्छ र अहिले कहाँ हुनु हुन्छ? कस्को birth certificate चाहिएको हो? आफ्नो कि आफ्नो सन्तान को?


यी कुरालाई ध्यान दिनुस्-


१- २०३४ साल भन्दा पहिले   जन्मेको हो सबन्धित नगर पालिका व गा बि स स्थित स्थानिय पन्जिकाधिकारीको कार्यालयमा वडा कार्यलयो सिफारिस सहित निबेदन दिनु पर्छ । शायद वडा कार्यालयमा सिफरिश शुल्क रु ५० बुझाउनु पर्ने छ र पन्जिकाधिकारीको कार्यालयमा बिलन्ब शुल्क २० र टिकेट शुल्क ५ गरी २५ बुझाउनु पर्ने हुन्छ।


२- २०३४ पछी जन्मेको हो भने सिधै नगर पालिका व गबिस मा दर्ता गराउनु सक्नु हुन्छ।
३- आँफै उपस्थिती हुनु पर्ने भए पनि जन्म दर्ताको हकमा आफ्ना अभिबाबक को निबेदनलाई पनि ग्राह्य मानिन्छ।


४- विवाह दर्ताको हकमा दुल्हा दुल्ही दुबइको उपस्थिती अनिबार्य हुन्छ।  finger print आबश्यक हुने हुंदा अनिबार्य भएको हो।


५- ती दर्ता प्रमाण पत्र हरु नेपालीमा हुने हुंदा त्यसको अंग्रेजी रुपान्तरण कानून किताब खाना बबरमहल मा गएर वा हालै मात्र नेपाल मा नोटरी सिस्टम लागु भाईसकेको हुंदा, कुनै पनि अधिकार प्राप्त ब्यक्तिबाट पनि गराउनु सक्नु हुन्छ।


6- यसरी translated दस्तावेजलाई परराष्ट्र मन्त्राल्यबाट रु १०० प्रती दस्तावेज तिरी प्रमाणइकरण गर्नु पर्ने हुन्छ।


यो भन्दा बढी जानकारी चाहे मा ब्यक्तिगत संपर्क राख्न सक्नु हुने छ।
तारेमाम!
   
 

Last edited: 15-Feb-08 11:15 PM
Read Full Discussion Thread for this article