Posted by: भउते February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

pjna007 -जी, हजुरलाई चौतारीमा स्वागत छ !

नयाँ सदस्यहरु देखेर कसले माइण्ड गर्थ्योहोला र ! यहाँ त हर्ख-बढाइ हुन्छ के रे नि। यहाँ त माइण्ड-साइण्ड बाहिरै राखेर छिरिन्छ। हाँसिन्छ, ठट्टा गरिन्छ। हजुरका रचनाहरु नि गुपचुप पढिराखेको थे', आफ्नो छुचो मुख प्वाक्क बोल्न डर लागेर मात्र हो। बरु चौतारी महोत्सबको लागि हजुरको तर्फबाट नि जावस न त एउटा।

हर्केदाइ, एकजनाले मात्र गायो भने त एकोहोरी हुन्छ के रे, के गाउनु र खै ! बरु मैले टेपरिकर्ड खन्काइदिन्छु, कम्मर मर्काउँदै अर्नुस।

 

Read Full Discussion Thread for this article