Posted by: Birkhe_Maila February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

लोल!

मेरो कविताको शीर्षक छ ' बाह्रमासे अन्तरे'

 

बाह्रमासे अन्तरे हेर कस्तो जन्तरे

टरक चढि रमाउँदै यो बुढालाई मन्तरे

कुरा गर्दा ठुस्केको छ कि कतै खुस्केको

मेरो लप सुन्नलाई के बिधि हो मस्केको

ब्यान हुन पा छैन लखर लखर हिड्दछ

ब्रेभरी हिलमा पुगेर ठेस लागि लड्दछ

किन लाग्यो ठेस भन्दा एन्जेलिना देखेछ

तेइ मोरिको झोक जति म बुडोलाई पोखेछ

भिरबाट हामि खस्दैनम भिरबाट खस्छ बाखरी

तरुनो हाम्रो मन छ बाबै दुईतिरै छन् चाँचरी

हाम्रो गाला तन्केको तिमि चाहिँ किन फन्केको

मैले पैसो गन्दाखेरी तिम्रा हात किन रन्केको

 

 

 

Read Full Discussion Thread for this article