बिर्खेजी,
गालिब बुडा, यिनको नाम उल्लेख नगरी यो बहस नि:सन्देह पुरा हुँदैन ।
अनि त्यो गजल पुरा र त्यसको जेपिटि भावान्तर साझाकै कुनै थ्रेडमा एकबाजी टाँसेको थिएँ ।
हर एक बात पे कहते हो के 'तू क्या है' ?
तुम्ही कहो के यह अन्दाज-ए-गुफ्तगू क्या है ? ।।१।।
(यसो केहि कुरा गर्यो कि, 'को होस् तँ' भन्नु पर्ने
हैन के तालको कुरा-गराई हो यो ?)
न शोले में यह करिश्मा न बर्क में यह अदा
कोई बताओ कि वह शोख-ए-तुन्द खू क्या है ।।२।।
(न आगोको लप्कामा छ त्यो चमत्कार, न चट्याङले गर्न सक्छ नक्कल
मायालुको ठुस्क्याईलाई लौ न म के भनेर भनुँ ? )
ये रश्क है कि वह होता है हमसुखन तुम्से
वगर्ना खौफ-ए-बदआमोजि-ए-अदू क्या है ।।३।।
(त्यो दुष्टलाई तह लगाउने, त्यो शत्रुलाई पाठ सिकाउने मात्र मनसाय थिएन, प्रिय
त्यो तिम्रो मुखमा चोंचों मिलाउन आउने साथी बन्ला कि भन्ने ईर्श्या थियो खासमा)
चिपक रहा है बदन पर लहू से पैरहन
हमारी जेब को अब हाजत-ए-रफू क्या है ।।४।।
(रगत-पसिनाले कमिज चपक्कै टाँसिएको छ जिउमा
अब प्वाल परेको खल्तीलाई टाल्नु पर्ने नै भएन )
जला है जिश्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख, जुस्तजू क्या है ।।५।।
(जहाँ ज्यान जल्यो, रहर पनि त संगै डढे हुनन्
हैन यो खरानीमा खोस्री खोस्री खोज्न खोजेको के ?)
रगों मे दौडते फिरने के हम नही कायल
जब आँख ही से न टपके तो फिर लहू क्या है ।।६।।
(रगत त जस्को पनि दौडन्छ नशामा भुलुक भुलक
तर त्यसलाई आँसु बनाएर चुहाएका कहिलेकहि छौ के ? )
वह चीज जिसके लिये हमको हो बहिश्त अजीज
सिवाय बाद-ए-गुलफाम-ए-मुस्कबू क्या है ।।७।।
(मादक मदिरा, कोमलाङ्गिनी फूल, मगमग अत्तर
हरे ! यत्ति हो त हामीले कल्पना गरेको स्वर्गिय सुख ? )
पियूँ शराब अगर खुम भी देख लूँ दो चार
यह शीशा-ओ-कदा-ओ-कूजा-ओ-सुबू क्या है ।।८।।
(घुट्क्याईहालियो मदिरा, अब यो जिज्ञासा उठ्या' छ ममा
त्यो प्याला, अझ त्यो सुराही, अझ घ्याम्पोमा के के होला )
रही न ताकत-ए-गुफ्तार, और अगर हो भी
तो किस उम्मीद पे कहिये के आरजू क्या है ।।९।।
(सबभन्दा पहिले त बोल्ने तागत नै छैन, अब भए नै पनि के र
आस लाग्ने कुरो पनि त हुनुपरयो नि, लौ मैले चाहेको यहि हो भनेर मुख फोर्न, कि कसो ?)
हुआ है शाह का मुसाहिब, फिरे है ईतराता
वगर्ना शहर में 'गालिब' की आबरू क्या है ।।१०।।
(ठूलाका मान्छे बनेछ "गालिब", फेरि धाक पनि लगाउँदै हिड्छ रे त्यो
त्यसो नगरोस पनि किन, यो शहरमा त्यसलाई कसले गन्छ नत्र ?)