Posted by: SateLite February 15, 2008
रिक्सा नंम्बर ३३७ ।
Login in to Rate this Post:     0       ?        

somewhereondearth जि छोटो तर निकै भावष्पर्शि कथा भनौँ या संसमरण कोर्नुभयकोरहेछ,मलाइ कुनै कुनै लाइनमा पुग्दा रोइदिँउकि भन्नेसम्मको भावुकतामा पुर्याउनुभयो ! मलाइ धेरैपल्ट यस्तो परेको छ जहाँ मेरा स्वार्थहरुलाइ मेरा भावुकताले जितेका छन !
एकपटक को घटना म स्मरण गर्न रुचाँउछु यो सन्दर्भमा- म भैरहवा रुपन्देहि कलेजमा बिधार्थि हुँदाबखतको हो- म मामाकोमा बस्थेँ अनि एकबिहान एक्सरसाइज जानेबेलामा बिहान पाँच बजेतिर साजमार्ग छेउमा एउटा सानो बच्चा रोइरहेको देखेँ ! उसको मौन रुवाइ थियो तर मेरो उपस्थितिमा उसले आफ्नो रुवाइ बन्द गर्ने असफल प्रयास गरेको थियो ! उसलाइ काम गर्ने घरायसि मजदुरको रुपमा दाङजिल्लाबाट ल्याइयको रहेछ मामाको छिमेकि नापिको हाकिमकोमा ! उ एउटा थारु बच्चा थियो,हुँदो हो यस्तै नौ बर्षको ! एकहप्ता काम गरेपछि उसको बालसुलभ मनले त्यहाँ बस्न मानेनछ तर जाने कहाँ र कसरि  मलिकको घरबाट राति दुइ बजे निस्कियको बच्चा बिहानसम्म त्यँहि किकर्त्यब्यबिमुढ अवस्थामा रहेछ ! प्रारम्भमा उ त्रसित भयो मलाइ नजिक पायर,सायद उसले म मा आफ्ना मालिकहरुको modified verson देख्यो होला भन्छु म ! फाट्टफुट्ट मान्छेहरु मर्निङ वाक गरिरहेका थिय तर कसैले खासै notice नै गरिहाल्ने बेला भयको थियन !

मेरो दाजुको छोरा उजत्रै थियो ! मलाइ उसको यति माया लाग्थ्यो के भन्ने यार !दाजु भाउजुलाइ kidnap गरेर छोरा सधैभरि आफैसँग राखौँजस्तो लाग्थ्यो !मैले त्यो थारुबालकमा उसैको प्रतिविम्व देखेँ ! दाङको घोराइसम्म पुराइदिये उ घर जानसक्छु भन्यो ! म उसलाइ त्यहिँ छाडेर घरमा फर्केँ,पर्समा तिनसय रुपैया रहेछ ! एउटा पुरानो RX मोटरसाइकल थियो त्य्सैमा पछाडि हालेर म बसपार्क पुगेर बसका चालक र सहायकसँग दुख पोखेँ ! अचम्म त के भयो भने चालक निकै भावुक भयो,मलाइ धन्यवाद दिँदै उसले बच्चाको निशुल्क यात्राको बचन दियो ! बाटोमा खाना खुवाउनेसहितको बचन दियपछि मैले उसका अपरिचित बाबुआमाका नाममा एउटा सामान्यपत्र लेखेँ-कुनैपनि हालतमा आफ्नो बच्चालाइ कसैकोमा बन्धक बनाउन नपठाउन अनुरोध गर्दै ! बच्चालाइ नाम सोधेँ,उ आइतवार जन्मेकोले उसको नाम थारुबाहुनले 'आइते थारु' राखिदियका रहेछन !बस चालककोनाम अझै संझन्छु म 'तुल्सिराम अधिकारि थियो ! म बच्चलाइ हातमा दुइसय रुपैय़ा रखिदियर उसग बिदा भयँ ...कम्सेकम सरकारि स्कुल भयपनि जान अनुरोध गर्दै !

चारदिनपछि बससमितिमा गयर तुल्सिरामलाइ भेटेपछि उसले बच्चलाइ घरमै पुर्याइदियको रहेछ र confirmation को लागि सम्पर्क नंवरपनि लियर आयको रहेछ ! पछि फोन गरेर उ पुगेको निश्चितता गरेँ ! तुल्सिरामले उसको बाबुलाइ बेस्सरि हकारेको रहेछ भेटमा- छोरालाइ स्कुल नपठाय पुलिस लगाइदिने धम्किसमेत दियको थाहा पायपछि उ स्कुल जानेछ भन्ने कुराले मलाइ सार्है खुसि लागेको थियो !
त्यो बच्चासँग फेरि भेट त कहिल्यै भयन तर म त्यो चिसो बिहानि अझै संझन्छु अनि सोँच्छु त्यो 'आइते' अहिले कतिमा पुगेहोला !

नापिकि हाकिम कि बुढि निकै क्रुद्द भइन आफैसँग त्यो बच्चा हरायकोमा कारण उनका किशोर छोराछोरिहरुसबै कलेज जाने भैसकेका थिय ! घरमा भाँडा धस्ने 'आइते' अब थियन ! धेरैदिनसम्म यो कुरा गोप्य रहन सकेन,कताकताबाट कस्ले देखेको रहेछ अन्तिमपटक बिहानिमा म उसँग कुरा गरेको !
पछि अलिअलि केसपनि भयो ! शुरुमा त मामा माइजुलेसमेत शंका गरेर आपत !पछि प्रहरिलेसमेत धन्यवाद दियपछि त्यो आगो निभेको थियो !

भावुकता भन्ने कुरापनि अनौठो हुँदो रहेछ ! कहिलेकाहिँ अरुले थाहा पाय कातर भन्ने तुच्छ बिषयहरुमा मैले मौन आँशु झारेको छु ब्रो ! सबैलाइ कुनै मोडमा यस्तो पक्कै हुन्छ, कारणहरु फरक हुनसक्छन !

निकै मिठो कथा पस्किनुभयकोमा धन्यवाद !

Read Full Discussion Thread for this article