Posted by: Nepe February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

चौतारी भन्दा पनि साझाकै ईतिहासमा मेरो पहिलो पोस्टिङको चर्चा गर्छु है त म ?

 

जुगै भएछ । सम्झदा विचित्र लाग्छ । लाग्दैन त ? December 2001 को कुरा गाँठे !

 

साझाका एक आदिम हस्ती Anon को “Prachanda Found Dead” शिर्षकको एउटा futuristic satire fiction मा अनि अर्का प्रचण्ड प्रतापी भूपति को भाग्य चाही के हुन्छ नि, तहाँ उप्रान्त उनी भ्रष्ट नेताहरु, माफियाहरु र संभ्रान्तहरुसंग स्थायी बन्धन बाँधेर अनन्तकालसम्म सुखपूर्वक राज्य गर्दा भए त होला नि भनेर छ्वास्स एउटा सानो छुसी posting बाट शुरु भयो मेरो साझालोकको जीवन, ईस्वी सम्वत् 2001 December 15 तारिखका दिन ।

 

Posting त गरें, तर आफैलाई लाज लाग्यो, त्यति साहस र कुशलतापूर्वक लेखिएको एक उत्कृष्ट व्यंगकथामाथि मेरो झण्डै माओवादीप्रति सहानुभूतिशिल मान्छेले पोखेको रिस जस्तो देखिने सानो छुसी posting देख्दा ।

 

अनि चार दिन पछि एउटा स्पष्टिकरण र लेखकको कलामाथि ईमान्दार तारिफमा एउटा पोस्टिङ फेरि गरें, अलिकता आफ्नो पनि लेखनकला प्रदर्शन गरेर लेखकको ध्यान तान्ने अभिप्रायले ।

 

त्यसले काम गर्‍यो ।

 

Anon ले 40 मिनेटमै जवाफ फर्काए, मैले लेखेको कथा एउटा अनुशासित व्यंग मात्र हो, धेरै राजनैतिक अर्थ नलगाउनु भन्ने स्पष्टिकरणकासाथ ।

 

म दंग ।

 

त्यहि थ्रेडमा तीन महिना पछि Anon र मेरो बिच राजतन्त्र/गणतन्त्र माथि एउटा लामो र सौहार्दपूर्ण बहस चल्यो र म साझामा प्रसिद्ध भएँ, त्यसबेलाको एकमात्र र staunch गणतन्त्रवादी बहसकर्ताको रुपमा ।

 

अनि Anon र मेरो मित्रता र आपसी सम्मान, जो अद्यावधि छ, शुरु भयो त्यही थ्रेडबाट ।

 

साझाका अन्य आदिम हस्तीहरु, Biswo, Ashu, GP, NK, Villagevoice, Suna समेतको चाखलाग्दो टिप्पणीहरु र Anon को बेजोड कथा र छलफल भएको त्यो थ्रेड साझाको archive बाट:

 

http://www.sajha.com/archives/openthread.cfm?threadid=2722&dsn=sajhaarchive#256

 

Nepe

Read Full Discussion Thread for this article