पुराना धागो खोजी रहेथें, अल्झेर झन्डै मरेको। खोज्न सकिन। रोज्ने र खोज्ने मामला अली कमजोर छु।
सबै भन्दा पहिला २००६ को दशै बिशेषांकमा २ शब्द लेखेको थिएं। कसैले बात नि गरेन। लात नि हानेन। अर्थात काग लाई बेला पाक्यो।
त्यस्पछी चौतारी ३३ (२००६ को नोभेम्बर ) मा आफ्नो उपस्थिती जनाएकोमा पनि कतै सुनुवाई भएन। यसमानेमा मेरो चित्त दुखेको थियो। पित्त पग्लेको थियो। लाग्थ्यो, चौतारी म जस्ता शहरीयाहरुको लागि होइन। मेरो उपस्थिती ग्राह्य छैन।
तत्पश्चात पनि पढ्दै लेख्दै गरें। कसैले झर्या बाल नि दिएन। हुन त चौतारीका दिग्गज महाशय हरुको आलोचना गरे जस्तो हुन्छ। त्यतिबेला नयाँ ले प्रबेश पाउनु भनेको अमेरिका भिसा र बिहे गर्न ( भउतेलाई ) मिसा पाउन गाह्रो भए जस्तै थियो।
जिन्दगी मा बहुत दु:ख गरियो। आफ्नो उपस्थिती जनाउन धेरै पापड बेलियो, अनेक झापाड खाइयो। राहुले ले हार मानेन। "वार" जारी राखें | र आज राहुले ठुलदाइमा ट्रान्स्फर्म भएको छ। बिगत कोट्याउदा अझै दुख्छ। कसैले झापारे पनि। कसैले सपारे पनि।
जिन्दगी को एक अनौठो किस्सा , संघर्षको एक हिस्सा मानेको छु।
तारेमाम।