Posted by: world_map February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

आज शतकांक चैं निक्कै जम्दैछ, सबैले आ-आफ्ना पहिलो अनुभव लेखेका, टाँसेकाले झन् रोमान्चक भयो। नेपे दाजीका गजलहरूको बयान गर्ने शब्द छैन। 
गाम्लेहरूले पुराना पोस्टहरू टाँसेकाले याद झन् प्रगाढ भयो, हिजो अस्तिसम्म केवल सम्झनाको आधारमा चौतारी
माहात्म्य लेख्दैथिएँ, आज त कति पोस्टहरू प्रत्यक्ष पढ्न नि पाइयो। 

अँ चौतारी माहात्म्यमा चैं हामी २००६ सेप्टेम्बरतिर पुग्यौं, दशैं तिहार नजिकिंदै थियो, तेत्रा युगको प्रारम्भ भैसकेको थियो।
एकदिन सोच्दा सोच्दै मेरो दिमागमा आयो कि, चौतारीमा गाम्लेहरू बढ्न थालेका छन्, आत्मीयता बढ्न थालेको छ, 
तर एक अर्कालाइ राम्ररी चिन्दैनौं। साझामा केही वर्ष पहिले २००२, २००३ तिर साझा भेला भएको थियो, यौटा डिसी हो कि
 कता हो, अर्को चैं काठमाडौंमा। त्यस्तै चौतारीको मात्र भेला गर्न पाए हुन्थ्यो भनी त्यो विचार लेखें, नजीकका 
चौतारीवासी पत्ता लाएर भेटम्, फोटो खिचम्, टाँसम् भनें मैले। त्यही दशैंमा जापुनबाट गालब र जरामुनीबाट ग्वाँचे
नेपाल फर्केका थिए, उनीहरू न्यूरोडमा भेटे, चिनजान गरे, म:म: खाए, अनि चौतारीमा आएर घोषणा गरे -- 'प्रथम चौतारी भेला' गरेको कुरा। यो कुराले हामीमा हौसला जाग्यो, अनि मैले जापुन र अम्रिकाका गाम्लेलाइ नि 
भेला गरेर फोटु टाँस्न आग्रह गरें, इउरोपमा चैं अलि गाह्रो थियो भेला गर्न भिसाको झंझटले। 

पून्टेदाइ अघि सर्नु भयो भेला गराउनको लागि र २००६ को कृष्मशमा गर्ने घोषणा गर्नुभयो, जिम्माल बा, भौते, कुम्ले
आदीलाइ बोलाउनु भयो, तर नमे मात्र तयार भयो आउनको लागि। कम सहभागिता हुने कारणले त्यो सालको भेला
क्यान्सिल भयो, तर उक्त बृहत भेलाले ठीक एक वर्ष पछि मात्र मूर्तरूप लियो, र राम्रो कुरा के भने म आन्ध्रे खोला तरेर आइसकेको थिएँ।

अब फेरी २००६ को नोभेम्बरतिरै फर्कम्, तिरूले यौटा कथा लेखी र ब्लगमा टाँसी, उसको मामाकी छोरी समिधा र 
उनको बोइफ्रेन्ड निशान्तसँग नाङ्लोमा डिनर गरेको बारे। त्यो कथामा कुम्लेले अर्को कथा ठोक्यो, निशान्तको साथी बनेर।
त्यसपछि त कथाको दोहोरी जस्तै चल्यो, पून्टेदाइले कुम्लेलाइ टाटेपाटे पत्लुङ लाउने मान्छे भनेर अर्को अत्ती हँसाउने
कथा लेख्नुभो। त्यसपछि निशान्तको प्रवेश भो, पूर्वेली बोलीले चौतारी थर्कायो, ग्वाँचेले नि हँसाउने काउन्टर कथा लेख्यो, मैले
नि लेखें, कथा र काउन्टर कथाले चौतारीलाइ निकै रमाइलो बनायो। उक्त समयलाइ म 'काउन्टर कथा पर्व' भनेर म
नामाकरण गर्छु, किनकि एउटाले लेखेको कथालाइ कथाकै माध्यमबाट जवाफ दिने अनौठो र सनसनीपूर्ण अभ्यास 
भएको थियो त्यो बेला। तिरूले लेखेको कथालाइ, कुम्लेले अघि बढाएको, अनि पुन्टेदाइले घकेल्नुभएको। पछि ग्वाचे,
निश, म लगायत अरू पनि कथाको गुच्छा लिएर यो पर्वमा लाग्यौं। 

यस कथा पर्वको लगत्तै पछि 'मुकुन्डो जात्रा' भएको थियो, त्यसको पनि छुट्टै महत्व छ। त्यो अर्को पाली लेखम्ला।

Read Full Discussion Thread for this article