Posted by: Birkhe_Maila February 14, 2008
भ्यालेनटाईम डे को गजल
Login in to Rate this Post:     0       ?        

केहि साल पहिले लेखेको गजल र अहिलेको गजल दुवै पढेर म मा त हौसला पो आयो! निरन्तरा नै कुशलताको कारक रहेछ!!! आफूले कायम गरेको रेकर्ड आफैँले तोड्दा कस्तो अनुभव भयो??

 

हिजो पटक पटक पढेँ, आज झनै धेरै पटक पढेँ! के गरेको यस्तो गुरु? गजब गयो!! यस्तो गयो कि, अन्तिम शेर- 

ऋण भए चुक्ता गर्थें , पैंचो फिर्ता गरि दिन्थें

तिर्नै सकिन तिमीले गरेका आभारहरु !

 

आफैँमा तह फेला पार्न नसकिने गहिरो हुँदा हुँदै पनि, माथीका शेरहरुसंग पढ्दा सामान्य लाग्ने!!

माथिका दुई मास्टरपिस शेरहरु फेरि पढ्न मन लाग्यो-

 

हराई अकंमालमा सौध्दै थियौं आंखाले

हाम्रो बाहेक अरु पनि छन् र संसारहरु ?

 

मन मस्तिष्कका हरेक कुना ओगटेका छौ,

कंहाबाट आवोस् अरु कुनै ब्यभिचारहरु !

 

Read Full Discussion Thread for this article