Posted by: nepali man6e February 14, 2008
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     1       ?         Liked by

महराको स्वरमा फोन आएपछि

बालकृष्ण ज्ञवाली (ekantipur.com)

काठमाडौं, फागुन १ - सेयर दलाल थप्न निर्धारित परीक्षा तोकिएको समयभन्दा २० घन्टाअघि नाटकीय रूपमा स्थगित भयो । यसको कारण थियो सञ्चारमन्त्री कृष्णबहादुर महराको स्वरमा आएको फोन ।

परीक्षाका लागि तय भएभन्दा दर्ुइ दिनअघि माओवादीका तर्फाट सरकारको नेतृत्व गरिरहेका महराकोे स्वरमा दर्ुइ आवेदकको नम्बर थपेर छनोटमा पार्न निर्देशन दि“दै नेपाल स्टक एक्सचेन्जका प्रमुखलाई फोन आयोे ।

स्टक एक्सचेन्जले पारदर्शी प्रक्रियाअनुसार नम्बर दिएकाले थप गर्न नमिल्ने अडान राख्यो । आफ्नो कुरालाई हल्का रूपमा नलिनुहोस् भन्नेसम्मको धम्की फोनबाट दिइयो । नम्बर नथपिने जवाफ पाएपछि निर्वाचनका बेला किन दलाल थप्न लागियो भन्ने प्रश्न उठाइयो ।

करिब २० मिनेटको फोन वार्तापछि सर्म्पर्क विच्छेद भयो । यसपछि स्टक एक्सचेन्ज सञ्चालक समितिको आकस्मिक बैठक बसेर 'विवादमा नफस्ने' भन्दै परीक्षा स्थगन गर्ने निर्ण्र्ाागर्‍यो । परीक्षा हुने दिन बिहान पत्रपत्रिकामा सूचना आयो- 'संविधानसभा निर्वाचनलाई दृष्टिगत गरी अर्को सूचना नआउ“दासम्मका लागि परीक्षा स्थगित भयो ।'

दलाल थप्ने प्रक्रिया निर्वाचन आचारसंहिता लागू हुनुअघि नै सुरु भएको थियो । निर्वाचन आयोगका अधिकारीले पनि अनौपचारिक रूपमा यो प्रक्रियालाई रोक्न नपर्ने जवाफ स्टकलाई दिएका थिए । परीक्षा तय भएको दिन मंगलबार सञ्चारमन्त्री महरा अर्थमन्त्री डा. रामशरण महतको कार्यकक्षमा पुगे । स्टक एक्सचेन्ज अर्थ मन्त्रालय मातहत पर्छ । उनले अर्थमन्त्रीलाई दर्ुइ जनालाई थप नम्बर दिई सेयर दलाल बनाइदिन आग्रह गरे ।

तर अर्थमन्त्रीले स्टकमा फोन गरेर परीक्षा रोक्न किन दबाब दिएको भन्ने प्रश्न गरे । महराले यस्तो दबाब नदिएको जिकिर गरे । ( son of the bitch, what is the use of saying if u cant defend and deny what you say )  तत्काल अर्थमन्त्रीले स्टकका महाप्रबन्धकलाई फोनमा महराको उत्तर सुनाए । तर महाप्रबन्धकले अर्थमन्त्रीलाई सञ्चारमन्त्रीस“ग आफ्नो टेलिफोन सर्म्पर्क भएको दाबी गरे । यसपछि अर्थमन्त्रीेले महाप्रबन्धक र महराबीच कुरा गर्न फोन दिए । 'स्वर मेरैजस्तै थियो र - फोन गर्ने म त होइन नि । के भएको रहेछ म बुझ्छु,' महराले भने । सम्बद्ध स्रोतले सञ्चार मन्त्रालयबाटै टेलिफोन आएको बताएको छ । स्टक एक्सचेन्जमा भने नम्बर देखिएको छैन ।

'निर्वाचन आचारसंहिताका कारण हामीले परीक्षा स्थगित गर्नुपरेको हो,' स्टक एक्सचेन्जका महाप्रबन्धक रेवतबहादुर कार्कीले कान्तिपुरलाई भने । रोक्न दबाब आएको थियो - भन्ने प्रश्नको उनले जवाफ दिन चाहेनन् । एक्सचेन्जको सूचना थाहा नपाएर केही आवेदक परीक्षा केन्द्र इन्जिनियरिङ कलेज पुल्चोक पुगेका थिए । परीक्षा तयारीका लागि स्टकले करिब ४ लाख रुपैया“ खर्च गरिसकेको थियो भने परीक्षार्थी राजधानी बाहिरबाट पनि आएका थिए ।

दलाल बनाइदिन स्टक एक्सचेन्जलाई ठूलो दबाब थियो । त्यसैलेे पारदर्शी रूपमा थप गर्ने प्रक्रिया मिलाइएको थियो । यस अनुसार इन्जिनियरिङ कलेजलाई लिखित परीक्षाको जिम्मेवारी दिइएको थियो । तीनवटा प्रश्नपत्र बनाउने, एउटा बा“ड्ने र प्रश्नपत्रको जा“च अप्टिकल मार्क रिकगनिसन -ओएमआर) प्रविधिबाट गरी तत्काल नम्बर र्सार्वजनिक गर्ने तय भएको थियो ।

यसअघि पनि सेयर दलाल थप्ने प्रक्रिया रोक्न पटक-पटक प्रयास भएको थियो । यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत पर्‍यो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरियो । माघ २९ का लागि निर्धारित परीक्षाका लागि ३ सय ३४ जनाले औसतमा ५० हजार रुपैया“ खर्चेर आवेदन दिएका थिए । एक्सचेन्जले पहिलो चरणको छनोटबाट २ सय १६ लाई प्राप्तांकसहित 'परीक्षा दिन योग्य' को सूचीमा राखेको थियो ।

उक्त सूचीमा सत्तारूढ सात राजनीतिक दलका 'आफ्ना' मान्छे नपरेपछि दबाबमा एक्सचेन्जले परीक्षा रोकेको पीडितको आरोप छ । स्टक एक्सचेन्ज सञ्चालनमा आएको झन्डै १२ वर्षछि सेयर दलाल थप गर्न लागिएको हो । हाल यहा“ काम गर्दै आएका २२ दलालले कारोबारको चापका कारण साना लगानीकर्ताको कुरा नसुन्ने गुनासो पछिल्लो समयमा व्यापक भएको छ । 'नया“ ग्राहकको ४/५ लाख रुपैया“भन्दा तलको अर्डरमा उनीहरूको आ“खै लाग्दैन ।

Read Full Discussion Thread for this article