Posted by: shirish February 13, 2008
भ्यालेनटाईम डे को गजल
Login in to Rate this Post:     0       ?        

केहि साल पहिले शायद अलि ठीकै खालको गजल लेखेको थिएं यहि साझामा भ्यालेन्टाईन डे पारेर -

आज पनि एउटा लेखें - मन परे उनलाई पनि सुनाई दिनु होला !  नबुझे म सित सोध्नु होला !

 

एकले अर्का भेट्नु नै सबै पुरस्कारहरु !

मानौं, बांकी छैन अब कुनै पुकारहरु !

 

हराई अकंमालमा सौध्दै थियौं आंखाले

हाम्रो बाहेक अरु पनि छन् र संसारहरु ?

 

मन मस्तिष्कका हरेक कुना ओगटेका छौ,

कंहाबाट आवोस् अरु कुनै ब्यभिचारहरु !

 

ऋण भए चुक्ता गर्थें , पैंचो फिर्ता गरि दिन्थें

तिर्नै सकिन तिमीले गरेका आभारहरु !

 

 

 

more to come....

पहिलेको

गजल

ओत खोजेर हिड्दा तिम्रो घर, मन्दिर जस्तो लाग्यो !
तिमीले खेल्दै कोरेका ती रेखा, तक्दीर जस्तो लाग्यो !

नितान्त एक्लो महसुस भएन कुनै एकान्तमा
तिम्रो उपस्थिती मेरो मनमा, तस्बीर जस्तो लाग्यो !

तरल सतह माथी हिडि रहेका पाईलाहरु
बिश्वाशको आधारले होला, सुस्थीर जस्तो लाग्यो !

बिर्सेर मैले जब एकै क्षण भुलें तिमीलाई
जमीन प्रक्रिति र समय नै, अस्थीर जस्तो लाग्यो !

उड्न खुल्ला आकाश नै उपहार दिएका हौ
बाधिन आउं आउं लाग्ने माया, जन्जीर जस्तो लाग्यो !

- मबि सि

 

 

Last edited: 14-Feb-08 05:50 AM
Read Full Discussion Thread for this article