Posted by: Birkhe_Maila February 13, 2008
गीत
Login in to Rate this Post:     0       ?        

मनको शंका हटाइदिउँ माया आखिर गरेकै हो
माया गर्छु भन्न खोज्दा आँखामा पानी भरेकै हो

गला सुख्खा हुने नै भयो पानी जति आँखामा छ
शब्द रुकिहाल्छ हजूर प्रभाव मायाको भाकामा छ
गला सुके मुस्काईदिनु शब्द रुके नि चल्छ अधर
गर्छु भन्नै पर्दैन हौ, दिए पुग्छ मिठो नजर

टाढा नजिक के भयो र छट्पटी त मायामा छ
सुत्दा, उठ्दा, बस्दा, खाँदा मन आफ्नै छायामा छ
छट्पटी नै भाव हो हजुर बुझ्नेलाई श्रिखन्ड
भन्दिहालौँ यसपाली मुस्कुराई मन्द मन्द

बुझ्नेले त बुझ्छन हजुर तर शब्द खोज्दारेछन
झरि पारे रुझिदिने जीवनसाथी रोज्दारेछन
डर, धाक, छटपटी सब हटाउँ यसपाली
आइ लभ यु भन्दिउँ हजुर डर लाग्या हो खालि

ह्याप्पि भ्यालेन्टाइन्स डे सबैलाई!

Read Full Discussion Thread for this article