Posted by: Birkhe_Maila February 13, 2008
भिनाजु
Login in to Rate this Post:     0       ?        

दीपलाई माघे चटारो लाग्या जस्तो छ हिसाबले! 'भिनाजु' टाँसेर बेपत्ता! मुगलानै भासिया भ' नि एउटा चिठि त पठाउन पर्ने! अड्डामा सास फेर्ने फुर्सत नभए नि यसो एक बाजी स्वस्ति गर्न त आउन पर्ने! अब हो न हो, माथि भन्या ठाउँमा आफैँलाई चिट्ठा नै पर्या भ' नि यसो जितौरीको साटो बाङ्गे महात्म्यको अर्को अध्धे थप्न त आउन पर्ने हो! अस्ति सर्सोतिपुजाँ सर्सोतीथाना भेटिन्छन कि भनेर हेर्न नि गाकै हो, बरु दीप चाइँ भेटिएनन् नानाथरीका तरुनी देखेर यो बुडो हिर्दए बरु उफ्रिन थालो! कालो पुल देखि रातो पुल सम्म धोबिखोला किनारै किनार दिनाँ २ बाजि नि हिँडेकै हो तेता नि भेटिएनन्, तो धोबिखोला किनाराँ गाँजा फस्टाएर झ्याङ भैसक्या रेछ भनेसि सपै बाङ्गे एट अल कतै घुम्न गा हुन पर्छ नत्र गाँजाको बोटको मुन्टो ननिमोठिया देख्न गाह्रो पर्छ तेता! के परेछ ए रात्तै ग्याङलाई???? 

Read Full Discussion Thread for this article