कागवेनीको सन्देश
सञ्चारकर्मी भूषण दाहालद्वारा निर्देशित कागवेनी हेरिसकेपछि धेरै दर्शकहरूले भन्नेछन्, “यति राम्रो नेपाली सिनेमा पनि हेर्न पाइयो।” धेरै वर्षदेखि नेपाली चलचित्रबारे दर्शकको यस्तो प्रतिक्रिया सुनिएको छैन।
औसतभन्दा तल्लास्तरका र बलिउडका भद्दा नक्कल गरिएका चलचित्रहरू पस्किरहेको नेपाली सिने उद्योगका निम्ति यस्ता कुनै पनि प्रयोग राम्रो हुन सक्थ्यो। तर, यस्तो हुन नसकिरहेका बेला दर्शकसामु कागवेनी आएको छ। यो चलचित्र पक्कै पनि अन्तर्राष्ट्रियस्तरकै निर्माण भएको छ। प्रकृतिको सुन्दर, शान्त र आकर्षक दृश्यहरूलाई उत्कृष्ट ढङ्गले चलचित्रमा उतारिएको छ, पात्रहरूले अभिनयमा त्यत्तिकै जीवन्तता दिन सफल भएका छन् र निर्देशकले निक्कै सावधानी अपनाएको देखिन्छ यसको सिर्जनामा। पाँच वर्षअघि नवीन सुब्बाद्वारा निर्देशित नुमाफुङ पछि हामीले नेपाली भाषाको यस्तो चलचित्र हेर्न पाएका थिएनौँ। बल्ल अहिले कागवेनी हेर्न पायौँ। यो चलचित्र हेरिसकेपछि भन्नैपर्छ, “अब हामीले नेपाली सिनेमाको स्तरका कारण लाज मान्नुपर्ने छैन।”
चलचित्रको कथा कालीगण्डकीको सुख्खा तथा बाँझ्ो उपत्यका र हिमालपारिको चम्किलो नीलगिरि पहाडको प्राकृतिक दृश्यबाट शुरु हुन्छ। यो सुन्दर र अलौकिक क्षेत्रलाई लोककथासँग समाहित गर्दा दुई घण्टासम्म फाउस्टिनको स्वप्न–संसारमा पुगिन्छ, जहाँ आफैंले आफैंलाई पर्दामा देखिरहे जस्तो लाग्छ। चलचित्रको कथा सन् १९०२ मा डब्लु.डब्लु. ज्याकोबले लेखेको उपन्यास द मङ्कीज् प मा आधारित छ।
मलेशियाबाट फर्केका कृष्ण (गायक निमा रुम्बा) आफ्नो बाल्यकालका दौँतरी रमेश (नाट्यकर्मी सौगात मल्ल) लाई भेट्न गएको कथावस्तुलाई ज्याकोबको उपन्यासकै सेरोफेरोमा रहेर प्रशान्त रसाइलीले कुशलतापूर्वक पटकथामा उतारेका छन्। जब कृष्ण र रमेशले त्यस ठाउँका एक साधुलाई भेट्छन् अनि उनीबाट पाएको तान्त्रिक ज्ञानको आधारमा चलचित्रले नाटकीय मोड लिनपुग्छ– वास्तविक र रहस्यपूर्ण रूपमा।
निर्देशक दाहालले यस चलचित्रमा उल्लेख्य काम गरेका छन्। पहिलोपटक चलचित्र निर्देशनको सबै पक्षमा उनले आफूलाई करिब–करिब सफलतापूर्वक प्रस्तुत गरेका छन्। कालीगण्डकी क्षेत्रमा वहने हावाको झ्ोक्का र घाम परेर फुङ्ग उडेको पात्रहरूका अनुहार पर्दामा देखिँदा वास्तवमै कागवेनीको जीवनशैली झ्ल्किन्छ। त्यस ठाउँको अनौठो क्रियाकलापलाई चलचित्रमा उतार्ने प्रयासस्वरुप निर्देशक दाहालले चलचित्रको एक पात्रमार्फत् खच्चडको घाँटीमा ब्रान्डीको खाली बोतल झ्ुण्ड्याएर घण्टी बजाउने शैली पस्केर स्थानीय स्वाद दिन खोजेका छन्।
त्यसैगरी पृष्ठभूमिमा बज्ने शरद गुरुङको बाँसुरीको सुमधुर सङ्गीतले चलचित्रलाई अझ्ै जीवन्तता प्रदान गरेको छ। त्यसो त विदुर पाण्डेले निक्कै मेहनतसाथ तल्लो मुस्ताङ क्षेत्रका घर र साँघुरा गोरेटाहरूको गज्जबको छायाङ्कन गरेको मान्नुपर्छ। मुख्य पात्र रमेश र तारा (दिया मास्के) दुवैजना नाट्यक्षेत्रबाट आएकाले राम्रैसँग जमेका छन्। अर्का पात्र कृष्णको बारेमा भने शुरुमा दर्शकहरूले केही शङ्का व्यक्त गरेका भएपनि उनले त्यसलाई गलत सावित गरिदिएका छन्। उनको अभिनय निक्कै चित्तबुझदो ढङ्गले अगाडि बढ्छ। ताराले नौ वर्षसम्म रमेशसँग उराठ लाग्दो जीवन बिताए पनि अन्ततः पारिवारिक जिम्मेवारी भने भुलिनन्। यति हुँदाहुँदै पनि चलचित्रका पात्रहरू कहिलेकाहीँ अलि यान्त्रिक बनेका र विषयवस्तुबाट टाढिन खोजेको भान भने दर्शकले गर्नेछन्।
यस चलचित्रका निर्माता भाष्कर ढुङ्गाना, नकीम उद्दीन र राजेश सिद्दीले देखाएको कुशलता आगामी चलचित्र निर्माणमा अझ्ै माझ्िने आशा गर्न सकिन्छ। समग्रमा यस चलचित्रले नेपाली सिने क्षेत्रलाई नयाँ युगमा प्रवेश गराएको छ। 'कलिउड'मा मौलाएको फोहोरहरू बीचको यो एउटा राम्रो प्रयास हो। यो चलचित्र हेरेर हलबाट बाहिरिएका दर्शकहरूले बुझने छन्, “आफूले के चाहेका छौ, त्यसमा ख्याल राख।”
• कुन्द दीक्षित