Posted by: Khukuri Nepal February 12, 2008
एकान्तमा हराउदा साहस् बटुले
Login in to Rate this Post:     0       ?        

सुरु गरे यो यात्रा कहिले मलाई पत्तो छैन
आँखा खोल्छु आज म सुरुवात बिन्दु टाढा देख्छु
गन्तब्यलाई हेर्छु म थम्याउनै सकिन
जान कहाँ लाग्या छु आफैलाई थाहा छैन

मेरो यात्रा एक्लो रहेछ साथ दिने देख्दिन म
ओर पर क्षितिजसम्म सुन्यता नै देख्छु म
निरस, ब्याकुल जिन्दगी मा म्रिग त्रिश्णा मेटाउन
थाहा छैन आज म कता तिर हराये छु

साहसिलो त छु नै म बाँच्न सक्छु एक्लैपनि
यो हठ लाई तिमी मेरो घमन्ड चाँही नसम्झिनु
यो  यात्रा त एक्लै म पुरा गरी देखाउने छु
गन्तब्य हिन यात्री  को नि, लक्ष्य म देखाउने छु

मौनतालाई म कहिले नि तोड्ने छैन
मेरो मौनता कमजोरी कहिले नि हुने छैन
मेरो वाक्य मेरो शक्ति एकदिन सत्य हुने नै छ
लक्ष्य  बिहीन मेरो यात्रा गन्तब्यमा पुग्ने नै छ

Read Full Discussion Thread for this article